भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

४ असार २०८१, मंगलवार १३:३१

काठमाडौँ। भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् ।

‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । वडाहरुमा समेत संस्थाको शाखा विस्तारको गरेको भन्दै उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरुमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*