प्राइम कमर्सियल बैंकमा कर्मचारी माग
४ असार २०८१, मंगलवार ११:१३
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न आठ वटा पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले विजनेश डभलपमेन्ट, ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल अफिसर, रिलेशनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदमा आवेदन खुलाएको हो ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित असार ११ गतेभित्र http://www.rollingnexus.com/PCBL मार्फत आवेदन दिन सक्नेछन् ।