टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, खरिद गर्लान त ग्राहकहरुले ?
काठमाडौँ । टाटा मोटर्सको टियागो इभीको मूल्यवृद्धि भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्यवृद्धि भएको हो ।
अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हुने कम्पनीले जनाएको छ । नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढाएको जनाएको छ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने गाडि रहेको कम्पनीले जनाएको छ । हालसम्म सो गाडीका २,००० भन्दा बढी ग्राहकहरूले खरिद गरेका छन् ।
हाल नेपाली बजारमा एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लक्स गरी तीन भेरिएन्ट बिक्रीका लागि उपलब्ध छन् । यी गाडीको मूल्य क्रमशः २६ लाख ४९ हजार, २७ लाख ९९ हजार र २८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
मूल्य वृद्धिपछि अब कम्पनीको गाडि खरिदमा केहि कमी आउने देखिन्छ । नयाँ नयाँ ब्राण्डका सस्तो इभि नेपालमा आयात भइरहेको बेला मूल्य वृद्धिले ग्राहकले उक्त कम्पनीका गाडि रुचाउँन छोड्ने देखिन्छ ।