मर्जरपछि सबैको लघुवित्तको नाम समावेश नभएको भन्दै कर्मचारी आन्दोलित, नाम नसच्चाएसम्म आन्दोलन नरोकिने चेतावनी

३ असार २०८१, सोमबार १७:२५

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलनलाई जारी राखेको छ। मर्जरपश्चात् सबैको लघुवित्तको नामको अस्तित मेटिने भन्दै नाममा सबैको लघुवित्त नजोडिएसम्मको लागि आन्दोलन जारी राख्ने भएको छ।

सबैको लघुवित्तका कर्मचारीहरुले एक विज्ञप्ती जारी गर्दै मर्जर पश्चात बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नभएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

राष्ट्र बैंकले मर्जर पश्चात बन्ने संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था हुने गरी अन्तिम स्वीकृति दिएपछि सबैको लघुवित्तका कर्मचारीहरु आन्दोलनमा रहेका छन् ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति सच्याएर मर्जर पश्चात बन्ने संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नबनाएसम्म आफुहरुको आन्दोलन जारी रहने जारी विज्ञप्तिमा उल्लेल्ख छ।

पहिलो चरणमा हातमा कालोपट्टि बाँधेर काम गरेका कर्मचारीहरुले अब दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन्। मर्जर पश्चातको बन्ने संस्थाको नाम नसच्याए आगामी असार ४ गते पेन डाउन गर्ने र त्यसपछि पनि नाम नसच्याएको खण्डमा सम्पूर्ण काम नै ठप्प पार्ने कर्मचारीको चेतावनी छ ।

हाल साधनाको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*