पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन नेपाली टोली इरान प्रस्थान
३ असार २०८१, सोमबार १५:२६
काठमाडौँ । ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन इरान गएको छ । शनिबार अर्थात असार १ गते राति उक्त टोलि इरानको इस्फाहन प्रस्थान गरेको हो ।
जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा ऋतुराज सापकोटाको नेतृत्वमा इरान जाने खेलाडीहरूमा क्याप्टेन मिलन रानामगर, अन्तत अर्याल, अनुजसिंह श्रेष्ठ, कीर्तन रज्जाक, विशेष खड्गी र ठाकुर डाँगी रहेका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरूका लागि चन्द्रागिरि नगरपालिका नैकापमा रहेको सान इन्टरनेशनल कलेजले समेत सहयोग गर्ने जनाइएको छ । जोर खाने खेल शारीरिक व्यायम कौशलसँग सम्बन्धित पर्सियन मुलुकको परम्परागत खेल हो ।