सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति, पेट्रोल पम्पमा तेल आपूर्ति सुरु

३ असार २०८१, सोमबार १५:०२

काठमाडौं । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थियो । सो कारण पनिपेट्रोल पम्पहरुमा बिहानैदेखि लाईन देखिएको थियो । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति पनि सुरु भएको हो ।

पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*