ओम्नी मोटर्सको व्यापारमा भारी गिरावट, एक वर्षमा साढे एक अर्ब गायब

३ असार २०८१, सोमबार १४:३७

काठमाडौं । भारतबेन्च व्यवसायिक सवारीसाधन बिक्री गर्ने ओम्नी मोटर्स प्रालिको व्यापारमा भारि गिरावट आएको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २२६.७९ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ मा ६९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ भने सन् २०२२ मा कम्पनीले २ अर्ब २८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । एक वर्षमा कम्पनीको १ अर्ब ५८ करोड ३० लाख रुपैयाँ गायब भएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब १ करोड १० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ४१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ४० करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

वीरगञ्ज पर्सामा कार्यालय रहेको कम्पनीको आफ्नै ११ वटा शोरुम छन् । राजिन्द्र काब्रा, दिपङकर काब्रा, विनय काब्रा, यदयन काब्रा र सन्दिपकुमार मोहताको स्वामित्व रहेको छ । कम्पनीले नेपाली बजारमा मध्यम र हेभी–ड्यूटी ट्रक सेग्मेन्टमा साधन बिक्री गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*