तारा एयरको व्यापारमा सुधार, एक वर्षमा गर्यो एक अर्ब आम्दानी

३ असार २०८१, सोमबार १४:२०

काठमाडौँ । तारा एयर प्राइभेट लिमिटेडले एक वर्षमा एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा एब अर्ब एक करोड ९० लाख रुपैयाँ आम्दानी गरेको इक्रा नेपालले जनाएको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा ७.२६ प्रतिशतले बढी हो । सन् २०२२ मा एयरले ९५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यसैगरी कम्पनीले सन् २०२१ मा ४७ करोड १० लाख रुपैयाँ मात्र आम्दानी गरेको इक्राले जनाएको छ ।

सन् २००८ मा स्थापित तारा एयर एक स्वदेशी वायुसेवा कम्पनी हो । तारा थमसेर्कु समूहको एक हिस्सा हो । एयरले ७८ करोड ७८ लाख रुपैयाँ अर्थात, ६६ लाख ८० हजार डलर बैंक कर्जाको लागि रेटिङ पुनः पुष्टि गरेको छ । जसमध्ये लङ ट्रम ३९ करोड ४ लाख कर्जाका लागि ‘इक्राएनपी एलबी’ र सर्ट ट्रम २४ करोड ८४ लाख र १४ करोड ५४ लाख कर्जाका लागि ‘इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ । एजेन्सीले कम्पनीलाई ‘इक्राएनपी एलबी माइनस’ रेटिङ पुनः पुष्टि गराएको छ ।

थामसेर्कु ग्रुपको लगानी रहेको तारा एयर लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले सुरु गरेका थिए। तारा एयरको अध्यक्ष लाक्पा सोनाम शेर्पा हुन्। चन्दा शेर्पा भने कम्पनीको प्रबन्ध निर्देशक हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*