होटल एलिस द वन्डर इनले १३.५% हकप्रद जारी गर्ने

३ असार २०८१, सोमबार ०८:०१

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १९ गते विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहानको १० बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजी नौ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता शेयर बराबर १३.५ कित्ताका दरले हकपद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी बड्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संचालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*