बीमा दाबी वर्ष सफल पार्न प्राधिकरणलाई बीमकको साथ, साढे ३ लाख बीमितले पाए भुक्तानी (सूचीसहित)

३ असार २०८१, सोमबार १२:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घोषणा गरेको ‘बीमा दावी वर्ष’लाई बीमा कम्पनीहरुले साथ दिईरहेको पाइन्छ । कम्पनीहरुले आफ्ना बीमितहरुलाई आवश्यक प्रक्रिया पुरा गरी सरल र सहँज दावी भुक्तानीलाई प्राथमिकता दिएर अगाडी बढाएका छन् ।

बीमा क्षेत्रमा ‘दावी भुक्तानी’ सबैभन्दा ठुलो समस्याका रुपमा रहेको छ । पछिल्लो समय बीमा प्राधिकरणको नियमन र बीमितहरुमा बढ्दो नागरिक जनचेतनाका कारण दावी भुक्तानी समस्या केही मात्रामा समाधान हुदै गएका छन् ।

हाल नेपालमा सञ्चालन रहेका १४ जीवन र १४ निर्जीवन गरी कुल २८ वटा बीमा कम्पनीहरुले नागरिकहरुलाई बीमा सेवा उपलव्ध गराउँदै आएका छन् । समग्र रुपमा जीवन बीमा कम्पनीहरुले आम नागरिकहरुको बीमा गरी जोखिम हस्तान्तरण गर्ने भएको बढी दावी समस्या पनि देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको नौ महिनामा उक्त बीमा कम्पनीहरुले तीन लाख ३० हजार वटा बीमा पोलिसीको दावी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरुले दुई लाख ९६ हजार ६८८ वटा बीमा पोलिसीको दावी भुक्तानी गरेका थिए । तथ्यांक अनुसार बीमा कम्पनीहरुले दावी भुक्तानीलाई ११.२३ प्रतिशतले बढाएका छन् । जुन आम बीमितहरुको लागि राम्रो देखिन्छ ।

जीवन बीमा कम्पनीः

हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनामा दुई लाख २३ हजार ५३३ वटा बीमा पोलिसीको दावी भुक्तानी दिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ५२ प्रतिशतले वृछि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा एक लाख ९८ हजार ६५९ वटा बीमा पोलिसीको दावी भुक्तानी गरेको थियो।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा बढी दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा ५६ हजार ४७ वटा पोलिसीको दावी भुक्तानी गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले समग्र दावी भुक्तानी १२.७१ प्रतिशतले बढाएर ४१ हजार २१८ पुर्याएको छ । साथै, सानिमा रिलायन्स लाइफले ४० हजार ७१ वटा, मेट लाइफले १७ हजार ७५७ वटा, एलआईसी नेपालले १३ हजार ३९९ वटा, एशियन लाइफले १० हजार ४९५ वटा, हिमालयन लाइफले १० हजार १७७ वटा दावी भुक्तानी गरेका छन् ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा नौ हजार १०६ वटा, सन नेपाल लाइफले आठ हजार २५२ वटा, सिटिजन लाइफले पाँच हजार १९३ र यी बाहेकका अन्य कम्पनीको दावी भुक्तानी संख्या पाँच हजार भन्दा कम रहेको छ ।

निर्जीवन बीमा कम्पनीः

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनामा ९२ हजार ८७२ वटा बीमा पोलिसीको दावी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुदे ८८ हजार दुई वटा दावी भुक्तानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ५३ प्रतिशतले बढेको छ ।

बीमा दावी भुक्तानीको वृद्धिको कारण बीमितहरुलाई बीमा प्रति विश्वास बढेको देख्न सकिन्छ । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १४ हजार २४० वटा बीमा पोलिसीको दावी भुक्तानी गरेको छ । त्यस्तै, यस अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको १४ हजार २३९ वटा दावी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३ हजार २८० वटा, युनाइटेड अजोड इन्स्योरेन्सको ११ हजार ९१८ वटा बीमा दावी भुक्तानी गरेको छ ।

त्यस्तै, नेको इन्स्योेरेन्सको १० हजार ६५ वटा, हिमालयन एभरेष्टको सात हजार ७३७ वटा दावी, सानिमा जिआईसीको पाँच हजार ८३९ वटा दावी, एनएलजी इन्स्योरेन्सको चार हजार ४४१ वटा र यी वाहेक अन्य कम्पनीको दावी पाँच हजार भन्दा कम रहेको छ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*