लघुवित्तको शेयर किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् प्रतिकित्ता एक हजार भन्दा तल मूल्य रहेका १९ कम्पनी

२ असार २०८१, आईतवार १५:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन माइक्रोफाइनान्स समूहमा भारी गिरावट देखिएको छ । लघुवित्त समूहको ८०.५६ अकं अर्थात १.७१ प्रतिशतले घटेर ४६२५.०९ बिन्दुमा बन्द भएको हो । यसदिन ४७ कम्पनीको शेयर मूल्य घट्दा पाँच कम्पनीको शेयर मूल्यमा मात्र सुधार देखिएको छ ।

शेयर बजारमा माइक्रोफाइनान्सको शेयर मूल्यमा लगानीकर्ता झुम्मिएको पाइन्छ । लघुवित्तको शेयर मूल्यअधिकांशको उच्च छ । आइतबारको शेयर मूल्य हेर्दा १९ कम्पनीको शेयर मूल्य मात्र एक हजार रुपैयाँ तल रहेको छ । माइक्रोफाइनान्समा लगानी गर्नेका लागि यी १९ कम्पनी उत्तम हुन सक्छन् ।

वित्तीय रिपोर्ट र उच्च लाभांश दिन सक्ने माइक्रोफाइनान्सको शेयर मूल्य पनि एक हजार रुपैयाँ तल झरेको छ । साना किसान लघुवित्तको सबै भन्दा बढी नाफा कमाउने पहिलो सूचीमा रहेको कम्पनी हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ रहेको छ ।

यता, ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता ७९८ रुपैयाँ, छिमेक लघुवित्तको प्रतिकित्ता ८५० रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ७०२ रुपैयाँ, नाडेप लघुवित्तको ८४७ रुपैयाँ शेयर मूल्य रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*