दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य हुँदा साढे पाँच अर्बको कारोबार

२ असार २०८१, आईतवार १५:०७

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ । अहिले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेको छ । लामो समयसम्म रित्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश बनि रहेका छन् । राजनीतिक भागभण्डामा बोर्ड अध्यक्ष चयन हुने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको हो । बैंकको ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, शेयर बजारमा उत्साह आउन भने सकेको छैन । नियामक निकायले लगानीकर्ताको मनोबल उच्च बनाउने गरी काम गर्नु पर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८५ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२३ प्रतिशत र जीवन बीमा कम्पनीको ०.३६ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । यसदिन होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

साताको पहिलो कारोबारको दिन नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाँ, एनआरएनज इन्फाइस्ट्रचरको १८ करोड र न्यादी ग्रुपको १५ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*