नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ असार २०८१, आईतवार १५:१०

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०४ को अंकले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ ।

आइतबार नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट भएको छ । त्यस्तै, आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९.९४ प्रतिशत, शिव श्री हाइड्रोपावरको ८.१७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.३५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यस्तै, नेपाल फाइनान्स लिमिटेडको ३० करोड ४० लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको १८ करोड १९ लाख रुपैयाँ, नगदी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*