३ लाख ६० हजार पर्ने बजाज पल्सर एन १५० नेपाली बजारमा

२ असार २०८१, आईतवार १३:५८

काठमाडौँ । नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू गरिएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि पल्सर एन १५० को बिक्री सुरु गरेको हो ।

पल्सर एन १५० को मूल्य कम्पनीले नेपालमा ३ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरेर छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार यो स्पोर्टी मोटरसाइकल युवा पुस्तालाई मन पर्ने गरी दैनिक प्रयोग र उच्च क्षमताको सवारी दुवैका लागि उपयुक्त रहेको छ। बजाजले यसअघि नै एन सिरिजका एन २५० र एन १६० मोडलहरू बजारमा ल्याइसकेको छ ।

एन १५० को एक आकर्षक विशेषता कल र एसएमएस अलर्टहरूको लागि यसको ब्लुटुथ जडान रहेको कम्पनीले जनाएको छ। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट पनि रहनुका साथै यसको फ्युल इन्जेक्सन सिस्टम र बीएस ६ कम्प्लायन्सले बाइकको दक्षता बढाएको कम्पनीले जनाएको छ।

पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्टसहितको स्लीक डिजाइनको उपलब्ध हुनेर यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको कम्पनीको दाबी रहेको छ। शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस समावेश गरिएको छ। अलोय ह्वील पनि राखिएको छ। सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस दिइएको छ। पल्सर एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै एड्भान्स फिचरहरू छन्। यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि उपलब्ध भएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*