अर्थमन्त्रीले सीमित व्यापारीहरुको इन्ट्रेस्टमा बजेट बनाएः सांसद डा. सिंह
काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको उनको तर्क छ । उनले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरूलाई कानुन नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे ।
पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरूलाई बेवास्ता गरेको गुनासो पनि गरे ।