धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति परीक्षा अगावै तय गरिएपछि तीन उम्मेदवारद्वारा बहिष्कार

२ असार २०८१, आईतवार १२:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा परिक्षापूर्व नै सेटिङ गरिएको भन्दै तीन जना परिक्षार्थीहरु अध्यक्ष छनौट प्रक्रियामा नै सहभागी नभएपछि अध्यक्ष छनौट समिति नै गम्भिर नैतिक संकटमा परेको छ । आज विहान ९ बजेको लागि तोकिएको प्रस्तुतिरकण प्रक्रियामा अध्यक्षका प्रत्यासी तीन जना सहभागी भएका छैनन् । प्रमुख दावेदार डा. नबराज अधिकारी, चिरञ्जीवी चापागाँई, कृष्ण बहादुर कार्की राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्य उदय निरौलाले लिने प्रस्तुतिकरणमा उपस्थित भएनन् ।

हालसम्म धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले लिएको परिक्षामा दुई जना मात्रै सहभागी भएका छन् । सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै प्रस्तुतिकरणमा सहभागी भएका छन् ।

अध्यक्ष छनौट समितिले तीन जनाको नाम सिफारिस गरेपछि आजै सरकारलाई सिफारिस गर्ने तय भएको थियो । सो अनुसार डा. मिन बहादुर श्रेष्ठको समितिले पूर्व तयारी गरेर परिक्षा पूर्व नै अध्यक्ष हुने उम्मेदवार तय गरी परिक्षा सञ्चालन गरेका थिए । सो आधारमा १९ जना आवेदक मध्ये सबैभन्दा कम नम्वर ल्याउने सन्तोषनारायण श्रेष्ठ सबैभन्दा पुछारमा हुनुपर्नेमा पाँच नम्वरमा सिफारिस गरिएको थियो ।

आजै कथित रुपमा सञ्चालित परिक्षाबाट पहिलो नम्वरमा डा. नवराज अधिकारी, दोस्रो नम्वरमा चिरञ्जीवी चापागाई र तेस्रो नम्वरमा सन्तोष नारायण श्रेष्ठको नाम राखेर सरकारलाई सिफारिस गर्न राष्ट्रिय योजना आयोगका डा. मिन बहादुर श्रेष्ठले हिजै तयार पारिसकेका थिए ।

डा. श्रेष्ठले षडयन्त्र र जालझेल गरी परिक्षा पूर्व नै अध्यक्ष बनाउने व्यक्ति निश्चित गरेपछि बाँकी उम्मेदवारहरुले परिक्षा नै बहिस्कार गरेका हुन् । अब तीन जनाको नाम सिफारिस गर्न अध्यक्ष छनौट समितिलाई अप्ठेरो परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*