२०४८ सालमा सुन्धाराको अर्थमन्त्रालयबाट बीमा समिति प्रवेश गरेकी कुसुम शर्मा मधेश प्रदेश कार्यालय प्रमुखका रुपमा अवकाश

२ असार २०८१, आईतवार १२:२४

काठमाडौं । २०४८ सालमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको एउटा कोठामा सीमित हुँदादेखिका एक मात्र कर्मचारी कुसुम शर्माले हिजोबाट नेपाल बीमा प्राधिकरणमा उप निर्देशकको पदबाट यात्रा टुङ्ग्याएकी छिन् । ३० वर्षे सेवा अवधीका कारण मधेश प्रदेश प्रमुख कुसुम शर्मा यही असार १ गतेबाट अनिवार्य अवकाश लिएकी छिन् ।

तत्कालिन बीमा समितिको पूरानो कर्मचारी उनीमात्रै रहेकोमा अब औपचारिक रुपमा बिदा लिएसँगै अब बीमा समिति छुट्टै बीमा ऐन २०४९ द्धारा स्थापित कर्मचारीहरुको जिम्मेवारीमा आएको छ ।

भर्खरै बीमा क्षेत्र अंकुराउदैको अवस्थामा जागिर सुरु गरेकी तिनै कसुम शर्मा ढकालले ३० बर्ष काम गरेर हिजोबाट विदा लिएकी छिन् । अर्थमन्त्रालयबाट बीमा समितिमा छिरेकी कुसुम शर्मा अहिले बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट विदा भएकी छिन् ।

उनले तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेलदेखि दिनेशलाल कर्ण, सुनिता कार्कीसँगै विदा भएकी छिन् । राजुरमण पौडेल सेवा अवधी असार १ गते पुग्ने भएपनि कार्यकारी निर्देशकमा पाँच वर्षको सीमा अवधी पुरा गरेर गत जेठ १२ गते नै बिदा भएका थिए ।

तत्कालिन बीमा समितिको कुरा गर्ने हो भने सुन्धारास्थित बाघदरबारमा रहेको अर्थमन्त्रालयको सानो कोठादेखि सुविधासम्पन्न भवन सम्मको यात्रालाई आजको दिनसम्म नजिकबाट नियाल्ने सौभाग्यशाली कर्मचारी बनेकी छिन् । अर्थ मन्त्रालयदेखि प्राधिकरणसम्म काम गर्ने कर्मचारी उनी मात्रै हुन् । जीवनको २० बर्षको उमेरमा बीमा समितिमा प्रवेश गरेकी कुसुम शर्माले बीमाको शून्य अवस्थादेखि यो अवस्थासम्म आइपुग्न अतुलनीय योगदान पुर्याएकी छिन् ।

अस्थायी खरिदारको सेवामा २०४८ साल चैत २५ गतेदेखि तत्कालिन बीमा समितिमा प्रवेश गर्दै २०५१ साल असार १ गतेदेखि स्थायी कर्मचारीको रुपमा प्रवेश गर्न सफल भएकी थिईन् कुसुम शर्मा ।

२० बर्षको उमेरमा पाँच, ६ जना कर्मचारी रहेको संस्थामा जोडेर काम गर्दा उनी प्राधिकरणलाई माईतीको रुपमा सोच्ने गरेको कुरा बताँँउछिन् । प्राधिकरणलाई घर सम्झेर नै उनी काम गर्थिन् ।

पछिल्लो पटक गत वर्ष बीमा प्राधिकरणले शर्मालाई प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिरगंजस्थित मधेश प्रदेशको प्रादेशिक प्रमुखको भूमिकामा पनि पठाएको थियो । उनले आफनो कामलाई निपूर्णताको साथ निभाएको कारण प्राधिकरणले अवकास अघि एक बर्ष केन्द्रिय कार्यालयमा काम गर्न आउन स्वयम् अध्यक्ष सूर्य प्रसाद सिलवालले उनलाई भनेपनि सुरुवाती दिनदेखि बिरगंजको प्रादेशिक कार्यालयमा आफनो अन्तिम कार्यकालसम्म गर्ने भन्दै उनले अवकासको अन्तिम दिनसम्म पनि काम गरिरहिन् ।

यी सबै सर्घषलाई चिर्दै उनी आज यो स्थानसम्म आईपुग्दा आफूले आफैलाई एउटा चुनौती पार गरेर आएकोमा दंग छिन् । सुरुमा प्रादेशिक कार्यालयमा प्रारम्भिक कामदेखि नै सुरुवात गरेको कारण पनि उनलाई विरगंज प्रादेशिक कार्यालयसँगको प्रगाढ माया बसेको अनुभव सुनाउँछिन शर्मा ।

प्रादेशिक कार्यालयमा बिताएको क्षण र आफूले झेल्नुपरेको पीडालाई सम्झदै उनी ती कष्टकर दिनहरु बिताएर यहाँसम्म आईपुगेको हुँदा बिशेषत बिरगंज शाखाप्रति आफनो लगाव बेग्लै किसिमको रहेको बताँउछिन् ।

बीमा प्राधिकरणमा अर्थमन्त्रालयको एउटा कोठादेखि आजको अवस्थासम्म आइपुग्दा आफूलाई सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेकी छिन् ।

One thought on “२०४८ सालमा सुन्धाराको अर्थमन्त्रालयबाट बीमा समिति प्रवेश गरेकी कुसुम शर्मा मधेश प्रदेश कार्यालय प्रमुखका रुपमा अवकाश

  1. panditरर says:

    सेवा निवृत्त जीवन सुखमय रहाेस ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*