बीमा प्राधिकरणद्वारा संस्थागत बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न निर्देशन

२ असार २०८१, आईतवार ११:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै ३० दिन भित्र प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न गर्न संस्थागत सर्भेयरहरुलाई निर्देशन दिएको हो ।

साथै, अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पीडिएफ र जेपीईजी ढाचाँमा पेश गर्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*