निर्जीवन बीमा कम्पनीसँग नेपाल रिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ असार २०८१, आईतवार ११:४६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले जेठ ३२ गते शुक्रबार सम्पूर्ण निर्जीवन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा चालु आर्थिक बर्षका ब्यावसायिक अनुभव तथा समस्याहरुमा छलफल गर्दै आगामी आर्थिक बर्षका बीमक तथा पुनर्बीमकका अपेक्षाहरु आदान प्रदान गरिएको थियो ।

आगामी आव २०८१।८२ का लागि पुनर्बीमा सम्झौता नवीकरणपूर्व आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी तथा विभागीय प्रमुखहरु र निर्जीबन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका तर्फबाट पुनर्बीमा विभागका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

पुनर्बीमकका हैसियतले नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुसँग हुने पुनर्बीमा सम्झौतामा रहेका शर्तहरुलाई आपसी समझदारीमा टुङ्ग्याउनका लागि बीमा कम्पनीहरुसँग पहिलो चरणको छलफल मात्र भएको र थप छलफल पछि अन्तिम निर्णयमा पुग्ने जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रमको शुरूवातमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्रेरक वक्ता बिके रमण भट्टराईले सहजकर्ताको रूपमा वास्तविक जिवनका भोगाइहरु शेयर गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*