बागमती र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको बजेट घट्यो, कुनको कति ? (पूर्णपाठसहित)
काठमाडौँ । शनिबार सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन् । संघ सरकारले जेठ १६ गते तथा प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेशले बजेट ल्याएको हो ।
प्रदेश सरकारले पनि स्थानीय तहको बजेटजस्तै टुक्रे योजनाहरूलाई उच्च प्राथमिकता दिएको देखिएको छ । प्रदेशहरुले चालूभन्दा पुँजीगत बजेट धेरै ल्याएका छन् । संघले समावेश नगरेका योजना प्रदेश सरकारबाट हाल्ने केन्द्रिय नेताले खेल खेलेका छन् ।
आन्तरिक राजस्वमा कमी आएको, संघीय सरकारले अनुदान रकम घटाएको लगायत कारण देखाउँदै ५ वटा प्रदेशले बजेट घटाएका छन् तर वाग्मती र सुदूरपश्चिमले बढाएर बजेट विनियोजन गरेका छन् । सबै प्रदेशले पूर्वाधार,कृषि र रोजगारीाई प्राथमिकतामा राखेका छन् ।प्रत्येक पालिकामा सडक लैजानेदेखि कृषकलाईअनुदान दिने र ऋणको ब्याज तिरिदिनेसम्मका घोषणा बजेटमा समावेश गरेको देखिएको छ।
कोशी प्रदेश
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । चालु वर्षमा कोशीको बजेट ३६ अर्ब ६४ करोड थियो ।
कोशीले चालू खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको छ । चालू खर्चमध्ये संघीय अनुदान फिर्ताको तीन अर्ब रहेको छ ।
कोशी प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ४० करोड आठ लाख, सघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ करोड ९४ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३१ अर्ब ९२ करोड ३४ लाख खर्च बेहोर्ने तथा बाँकी नगद मौज्दातबाट तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख बेहोर्ने उल्लेख छ ।
koshi 1मधेस प्रदेश
मधेस प्रदेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आवको तुलनामा ०.५० प्रतिशतले घटी हो ।
बजेटमा चालूतर्फ १६ अर्ब सात लाख एक हजार (३६.४५ प्रतिशत) तथा पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत) रहेको छ ।
मधेस प्रदेश सरकारले उक्त बजेटको स्रोतको रूपमा आन्तरिक राजस्वबाट नौ अर्ब सात करोड, ३० लाख, वित्तीय हस्तान्तरण अनुदानतर्फ वितीय समानीकरण अनुदानबाट सात अर्ब, ७९ करोड, ९२ लाख तथा ससर्त अनुदानबाट तीन अर्ब ५५ करोड ७८ लाख गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख र संघीय राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट सात अर्ब ८६ करोड २१ लाख ७० हजार अनुमान गरेको छ ।
बजेट बक्तव्य २०८१ Final Number AAA (1)बागमती प्रदेश
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट ल्याएको छ । चालु आर्थिक वर्षभन्दा यो बजेट १ अर्ब ८४ करोड रुपैयाँले बढी हो ।
बागमती प्रदेश सरकारले बजेटमा चालूतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ । वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड विनियोजन गरेको छ ।
बजेटका लागि कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट छ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ स्रोत जम्मा गरिने जनाइएको छ ।
bagmati 3गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।
बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको उल्लेख छ । कुल विनियोजनमध्ये चालूतर्फ ३९.९१ प्रतिशत र पुँजीगततर्फ ५९.९ प्रतिशत बजेट हो ।
बजेटमा आन्तरिक राजस्वबाट पाँच अर्ब १७ करोड उठाउने लक्ष्य लिएको छ । संघ सरकारको वित्तीय समानीकरणबाट सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ६१ करोड, ससर्त अनुदानबाट तीन अर्ब १० करोड ११ लाख र समपूरक अनुदानतर्फ रोयल्टीबापत ४८ करोड १० लाख प्राप्त हुने जनाइएको छ ।
Gandaki-budget-speech-final-1लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट ल्याएको छ । चालु आर्थिक वर्षभन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी वर्षको बजेट सार्वजनिक भएको हो ।
कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी आवमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट सात अर्ब ५१ करोड २१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब एक करोड ५० लाख, संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको छ ।
lumbini-budget-final-1कर्णाली प्रदेश
कर्णालीले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ । सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ ।
बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार (५९.७ प्रतिशत) र चालूतर्फ सात अर्ब ५७ करोड ५५ लाख (२४.१२ प्रतिशत), वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणका लागि चार अर्ब ८३ करोड ८१ हजार (१५.३८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
आगामी आका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६५ हजार र चालू आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम पाँच अर्ब १३ करोड ८१ लाख २६ हजार परिचालन गरिएको छ ।
karnaliसुदूरपश्चिम प्रदेश
आगामी आर्थिक वर्षको लागि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट सार्वजनिक गरेको छ । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढी हो ।
बजेटमध्ये चालूतर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रहेको छ ।अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत दुई अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ ।
खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड ७० लाख १५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड १९ लाख रहेको छ ।
sudurpachim