बीमा प्राधिकरण सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई

२ असार २०८१, आईतवार ११:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सुशिलदेव सुवेदीलाई दिइएको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदको जिम्मेवारीमा रहेका दिनेश कुमार लालको पदावधी सकिएपछि सचिवको जिम्मेवारी सुवेदीलाई तोक्ने निर्णय गरेका हुन् ।

सुवेदी निर्देशक सुवेदीलाई पदपूर्ति समितिको समेत सचिव तोक्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । गत जेठ १२ गतेदेखि कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकास लिएपछि सञ्चालक समिति पनि सचिव विहिन हुन पुगेको थियो ।

सुवेदीलाई हिजो असार १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी तोकिएको हो । हाल प्राधिकरणका निर्देशक रहेका सुवेदी नेपाल इन्स्योरेन्स इन्स्टीच्यूटको समेत सिईओको भूमिका रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*