धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हो, सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा हुनुहुन्नः लगानीकर्ता

२ असार २०८१, आईतवार १०:५१

काठमाडौँ । लगानीकर्ताहरुले धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय भएको भन्दै सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा नगर्ने चेतावनी दिएका छन् । चार वटा लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हुनु जरुरी छ । सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा, पैसा र शक्तिको आडमा गरिने यस्ता कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना गर्न सक्दैन । अनुभवी, स्वतन्त्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय पुँजी बजार सम्बन्धि राम्रो ज्ञान भएका विज्ञ व्यक्तिलाइ सरकारले यथाशक्य बोर्डमा नियुक्ति गरोस् अन्यथा पुँजी बजारमा संलग्न आम लगानीकर्ताहरू सरकारको गलत काम कारबाहीलाई टुलुटुलु हेरेर बस्न नसक्ने र तथ्यगत प्रमाणको आधारमा आवश्यक कदम चाल्न बाध्य हुने कुरा अवगत गराउँछौं’ विज्ञप्तिमा उल्लेख गरीएको छ ।

बोर्डको अध्यक्षमा पूँजी बजार सम्बन्धी अनुभवी व्यक्तीको नियुक्ति हुनुपर्नेमा लगानीकर्ताहरुले जोड दिएका छन्। अर्थन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि सर्टलिस्टमा परेकालाई आज कार्ययोजना प्रस्तुतीका लागि बोलाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*