नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तिम टुंगो आज लाग्ने, कहिले होला नियुक्ति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि पाँच दाबेदारहरुको आज अन्तवार्ता र प्रस्तुतीकरण रहेको छ ।
अन्तर्वार्ता विहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभा हलमा सुरु हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ । बोर्ड अध्यक्षका लागि डा। नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठको नाम ‘सर्ट लिस्टेड’ मा परेको छ ।
तीन जनाको नाम तयार मन्त्रालयले आइतबार नै मन्त्रिपरिषदमा सिरफारिस गर्नेछ । र क्याबिनेट हुँदै सोमबार नियुक्ति गराउने तयारीमा लागेको अर्थमन्त्रालयको स्रोतले बताएको छ ।
सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले २५ चैतमा धितोपत्र बोर्डको अध्यक्षका लागि उनीहरुको नाम सिफारिस गरेको थियो । तथापि, अर्थमन्त्रीको निर्देशनमा कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता रोकिएको थियो । उक्त रोकिएको अन्तर्वार्ता आज बोलाएको हो ।