कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२ असार २०८१, आईतवार ०६:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*