बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर छली गरेको हो । बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । नेपालमा सो गाडी सर्वाधिक बिक्री हुने गाडीभित्र पर्दछ । आव २०८०।८१ को भन्सार महसुल अनुसार १०० किलोवाट इभी गाडीमा जम्मा १५ प्रतिशत भन्सार १० प्रतिशत अन्तशुल्क मात्रै लाग्दछ । त्यस्तै, सो इभी गाडीमा १५० किलोवाटको मोटर क्षमता अनुसारको भन्सार महसुल २० प्रतिशत र २० प्रतिशत अन्तशुल्क तिर्नुपर्दछ । यसरी साईमेक्स इन्कले बिवाईडीका एउटै गाडीमा १५ प्रतिशत भन्सार शुल्क छली गरेको थियो । भन्सार छलीका लागि बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले भन्सारमा झुठो विवरण पेश गरेको थियो । झुठो विवरण पेश गरी गाडी नेपाल भित्राएर उपभोक्तालाई बिक्री गरे पनि सो बापतको थप कर भने गाडी आयात गर्ने कम्पनीले तिर्नुपर्ने भएको छ । बिवाईडीकी यमुना श्रेष्ठ कर छलीबारे पत्रकारले जिज्ञाशा राख्न थालेपछि तनाव भएर फोन उठाउनै छोडेकी छिन् । भन्सार कार्यालयमा झुठो विवरण पेश गरेर भित्राएको गाडी सम्बन्धमा भन्सार कार्यालयले छानविन सुरु गर्नुपर्नेमा ढिलाई गरिरहेको छ । भन्सार विभागका प्रबक्ता … Continue reading बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी