लघुबीमाः आजको आवश्यकता
न्यून आय भई आर्थिक सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागी न्यूनतम बीमाशुल्क लिएर गरिने बीमाहरु लघुबीमा अन्तर्गत पर्दछन । लघुबीमा निर्देशिका, २०७९ अनुसार लघुबीमा भन्नाले नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका वासिन्दा तथा सीमान्तीकृत समुदायलाई लक्षित गरी जारी गरिएका बीमालेखलाई सम्झनु पर्दछ । सोही निर्देशिकाले लघुबीमालाई जीवन लघुबीमा र निर्जीवन लघुबीमा गरी दुई भागमा बिभाजन गर्ने गरेको छ । यस्ता बीमालेखहरु लक्षित वर्गका
निम्नानुसारका जोखिमहरुलाई लक्षित गरी जारी गरिएका हुन्छन ः
–दैवी प्रकोप (बाढी, पहिरो, डुवान, खडेरी, भुकम्प, चट्याङ्ग, आदी) बाट घर, बाली नाली, व्यवसाय तथा पशुधनमा पर्ने क्षति
–दुर्घटना वा अन्य कारणबाट हुने मृत्यु, अंगभंग वा चोटपटक
–अग्नी, चोरी तथा अन्य कारणबाट सम्पत्तिको क्षति
–रोग तथा दुर्घटनाबाट पालेको चौपाया कुखुरा आदीको क्षति
–किरा, रोग, दैवी प्रकोप, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणबाट बालीनालीमा हुने क्षति
–मानवीय तथा दैवी प्रकोपबाट हुने दुरगामी क्षति
–घातक रोग
–बिमारी
लघुबीमालेखहरुको बीमाड्ढ रकम तुलनात्मक रुपमा न्यून हुन्छ भने लघुबीमाबाट मानिसहरुलाई बीमा प्रति जागरुक गराई जनचेतना अभिबृद्धि गर्नुका साथै बीमा गर्न प्रेरित गर्ने जस्ता कार्यहरु समेत गर्ने अपेक्षा गरिएको हुन्छ । यसका अतिरिक्त लघुबीमाका निम्न बिशेषताहरु हुन्छन ः
–सरल कागजी प्रकृया
–सरल तथा सहज दावी प्रकृया
–न्यून बीमाशुल्क
–बीमाड्ढ रकमको सीमा तोकिएको
–सहज पहुँच
–सजिलै बुझ्न सकिने बीमालेख
–स्पष्ट रक्षावरण
–स्थानियस्तरमा नै बीमकको उपलब्धता
–सामाजिक उत्तरदायित्वको रुपमा समेत प्रस्तुत गरिने
लघु निर्जीवन बीमा अर्न्तगत लघु स्वास्थ्य बीमा, पशुधन लघुबीमा, बाली लघुबीमा, दुर्घटना लघुबीमा, घातक रोग लघुबीमा, ग्राहस्थ लघुबीमा, ब्यवसाय लघुबीमा, मोटर लघुबीमा, इन्जिनियरिङ्ग लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा जस्ता बीमालेखहरु पर्दछन भने जीवन लघुबीमा अर्न्तगत आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा पर्दछन । जुन ग्रामिण क्षेत्रका जोखिमहरुसँग प्रत्यक्ष जोडिएका हुन्छन । लघुबीमा खासगरी ग्रामिण क्षेत्रमा बसोबास गर्ने तथा न्यून आय भएका परिवारका दैनिक जीवनमा आइपर्ने जोखिमहरुसँग कसरी प्रत्यक्ष रुपमा जोडिएको हुन्छ भन्ने कुरा बुझ्न तलको घटना अध्ययन गरौ ।
अमरगढी ५ डडेल्धुरा स्थायी घर भएकी ३५ बर्षिया अमला पाठक (नाम परिवर्तन) दुई छोरा र श्रीमान सहित नव निर्मित एक तले घरमा बस्दै आएकी थिइन । उनका श्रीमानको सानो तिनो जागिरबाट जेनतेन घरपरिवार चलेको थियो । बीगत ५ महिना देखि श्रीमान बेरोजगार भएका कारण ऋण लिएर बनाएको घरको किस्ता समेत तिर्न सकेका थिएनन् । जागिरकै अवधिमा उनका श्रीमानले कुनै बीमा कम्पनीबाट स्वास्थ्य बीमा, दुर्घटना बीमा र गम्भिर प्रकृतिका रोग बीमा समेत गरी तीन वटा बीमालेख लिएका थिए । यसबाट उनले आफु तथा आफ्ना घरपरिबारका सदस्यलाई स्वास्थ्य समस्या पर्दा उपचार खर्च नपाएर रोग पाल्नु पर्दैन र छरछिमेकबाट सरसापट लिनु पर्दैन भन्ने मनसाय लिएर बसेका थिए । बीमाका पोलिसिहरु लिदा पनि गम्भिर प्रकृतिका रोग लाग्दा, दुर्घटना हुदा तथा बिमारी पर्दा आर्थिक सुरक्षा हुन्छ भनिएको थियो । करिब दुई हप्ता अगाडी उनको जीवनमा नराम्रो घटना घट्यो । उनलाई खाना खाएर भान्छाकोठामा आगो ताप्ने क्रममा पछाडीबाट सल्किएको आगोले पोल्यो र तुरुन्तै नजिकैको उप–क्षेत्रिय अस्पताल डडेल्धुरामा लगियो । अस्पतालले सामान्य उपचार गरी धनगढी रिफर गर्यो । ततःपश्चात अमलाको परिवारलाई ठुलो आपत आइलाग्यो । उनका श्रीमान उपचार खर्च कसरी जुटाउने भन्ने तनावमा रहेको समयमा उनले झट्ट आफ्नो श्रीमतीको नाममा रहेको बीमा पोलिसि सम्झे र ठूलो आसका साथ सम्वन्धित बीमा कम्पनीका पदाधिकारीलाई सम्पर्क गरे । सम्वन्धित व्यक्तिबाट सम्पुर्ण उपचार आफै गर्नु, उपचार पश्चात आवश्यक बील भरपाईहरु लिएर आउनु होला र त्यसपछि बीमा भुक्तानी सम्बन्धी कार्य गरौला भन्ने जवाफ आयो । उनको आसा निरासामा परिणत भयो । आवश्यक रकम जुटाउन नसकेर ६ दिन सम्म सोही अस्पतालमा राखे र स्वास्थमा सुधार नभए पछि आफन्तको सहयोगमा धनगढी पु¥याइयो । डाक्टरहरुले धनगढीमा पनि उनको उपचार नहुने भने पछि उनलाई हाल भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।
माथीको घटनालाई हेर्दा अमलाले स्वास्थ्य बीमा, दुर्घटना बीमा र गम्भिर प्रकृतिका रोग बीमा गर्दा पनि उनको आर्थिक जोखिम न्यूनीकरण नभएका कारण स्वास्थ्य उपचारमा खर्च जुटाउन ठुलै सकस परेको छ । हाल उनलाई एकातिर उपचार खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता छ भने अर्केतिर उपचार गर्दा भएको खर्चका लागी लिइएको सापटी कसरी तिर्ने भन्ने पिर छ, उपचार गरे पश्चात खर्च भएको क्षती रकमको बीमाबाट पूर्ति होला भन्ने आस त उनमा छ तर खर्च जुटाउने जोखिम चाही उनका बीमालेखहरुले व्यवस्थापन गर्न सकेनन् ।
हाल नेपालमा प्रचलनमा रहेका स्वास्थ्य बीमाहरुमध्ये नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बीमा अन्तरगतको दावीका लागी तोकिएका अस्पतालहरुमा सिधै छुटको व्यवस्था छ भने बीमा कम्पनी मार्फत जारी गरिने स्वास्थ्य बीमामा उपचार पश्चात आवश्यक कागजातहरु बीमा कम्पनीमा पेश गरी दावी भुक्तानी गर्ने गरिन्छ । यसरी हेर्दा सरकारी स्वास्थ्य बीमाले अकस्मात हुने उपचार खर्चको जोखिम बहन गरको देखिन्छ तर यस्तो सेवा तोकिएका अस्पतालहरुमा मात्र उपलब्ध हुने भएकाले सर्बसुलभ भने छैन । बीमा कम्पनीहरु मार्फत जारी गरिएका स्वास्थ्य बीमाले अकस्मातको उपचारमा हुने खर्चको शोधभर्ना त गर्ला तर अकस्मात आइपर्ने खर्चको जोहो गरेन । तर लक्षित परिवारका लागी दुबै जोखिमको व्यवस्थापन आवश्यक छ । सहि अर्थमा लक्षित वर्गको स्वास्थ्य उपचार सम्वन्धी जोखिमको व्यवस्थापन न नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमाले गर्न सकेको छ न त बीमा कम्पनीहरुबाट जारी गरिने बीमाले नै गर्न सकेको छ । यो पनि न्यून आय भएका व्यक्तिलाई लक्षित गरी ल्याइएको स्वास्थ्य बीमामा लक्षित समुदायको नै संलग्नता न्यून हुनुको एक प्रमुख कारण हो । स्वास्थ्य बीमाले लक्षित समुदायको स्वास्थ्य उपचार पश्चातको खर्चको शोधभर्ना गर्नु भन्दा उपचार खर्च जोहो गर्नै नपर्ने वातावरण सृजना गर्नु उनिहरुका लागी सहि अर्थमा जोखिम न्यूनीकरण हुन सक्छ ।
यिनै कुराहरुलाई मध्यनगर गरी लघुबीमा मार्फत स्वास्थ्य बीमामा आवद्ध भईसकेपछी “रोग लाग्न नदिने मेरो जिम्मेवारी, लागीहालेमा तोकिएको सीमा सम्मको स्वास्थ्योपचारमा आर्थिक सहजीकरण गर्ने कम्पनीको जिम्मेवारी“ भन्ने कुराको सुनिश्चितता लघुबीमा अन्तरगतका बीमालेखहरु मार्फत गरिनुपर्छ । यसबाट जोखिमको समयमा वीमितलाई खर्चको तनावबाट मुक्ति दिई एकोहोरो स्वस्थ्य सुधारमा केन्द्रित हुन सहयोग पुग्छ । जुन लक्षित बर्गका लागी वास्तविक जोखिम ब्यवस्थापन हो ।
न्यून आय भएका ब्यक्तिलाई लक्षित गरी नियमनकारी निकाय; नेपाल बीमा प्राधिकरणले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा लघुबीमालेख जारी गर्नु पर्ने प्रावधान राखी नियमन गरिरहेको भएता पनि अपेक्षित उपलब्धी हासिल नभएको तथ्याड्ढका आधारमा लघुबीमाको कार्य मात्र गर्न पाउने गरी गत वर्षबाट ७ वटा लघुबीमा कम्पनीहरुलाई अनुमती पत्र प्रदान गरिएको छ । जसमा ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु छन भने गार्डियन माइक्रो लाईफ, क्रेष्ट माइक्रो लाईफ र लिबर्टी माइक्रो लाईफ गरी ३ वटा लघु जीवन बीमा कम्पनीहरु छन । यसका साथै यि कम्पनीहरुलाई ७ वटै प्रदेशमा विभाजन गरी छुट्टाछुट्टै प्रदेशमा मुख्य कार्यालय रहने गरी सञ्चालन अनुमती प्रदान गरिएको छ । सोही बमोजिम ७ वटै लघुबीमा कम्पनीहरुले आफ्नो कार्य प्रारम्भ गरीसकेका छन । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याड्ढअनुसार यि कम्पनीहरुको
२०८० फागुन मसान्त सम्म हासिल गरेको प्रगति यस प्रकार रहेको छ ः
लघुबीमा कम्पनी र बीमालेख संख्या
१ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लि– ९४१२
२ क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स लि– १६०४८
३ लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्स लि– १७८७
४ ट्रष्ट माइक्रो इन्स्योरेन्स लि २०८० चैत्रबाट कार्य सुभारम्भ
५ नेपाल माइक्रो इन्स्योरेन्स लि – २६२४३
६ स्टार माइक्रो इन्स्योरेन्स लि – ९९६५
७ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि – ९१५०
स्रोतः नेपाल बीमा प्रधिकरण
माथीको तथ्याड्ढलाई हेर्दा लघुबीमा कम्पनीहरुले गत महिना सम्ममा करिव ७२००० व्यक्तिहरुलाई लघुबीमाको सेवा दिइसकेको देखिन्छ । बिहानले दिनको झझल्को दिन्छ भनेझै यसरी नै लघुबीमा कम्पनीहरुले नियमनकारी निकायको अधिनमा रही लक्षित समुदायको आवश्यकतामा आधारित लघुबीमा लेख बिक्री गरी उनीहरुको जीवन तथा सम्पत्तीमा आर्थिक सुरक्षा प्रदान गर्ने तथा लघुबीमामा पहुँच बृद्धि गर्ने कार्यमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने प्रवल सम्भावना देखिन्छ ।
लघुबीमाको महत्व
बीमा शब्दले जोखिम लिने र जोखिम हस्तान्तरण गर्ने बीचको कानुनी करार वा सम्झौतालाई जनाउदछ भने बर्तमान समयमा सबैभन्दा जोखिममा को छ ? भन्ने प्रश्नको उत्तर नै, निश्चय रुपमा न्यून आय भएका र सिमान्तकृत वर्ग नै हुन भन्ने बुझिन्छ । त्यस्ता समुदायको जोखिमको वहन गर्ने दिगो तथा उपयुक्त माध्यमका रुपमा बीमा एक निर्विकल्प माध्यम हो । उनीहरुले आफ्नो जोखिम हस्तान्तरण गर्नका लागी जीवन बीमा, निर्जीवन बीमा तथा लघुबीमा कम्पनी सँग सम्झौता गर्न सक्छन । लक्षित वर्गको बचत गर्ने क्षमता कमजोर र आयस्रोत अनियमित भएका कारण सोचेअनुरुप जीवन बीमामा आवद्ध हुन सकेका छैनन, आवद्ध भए पनि आवश्यकता अनुसारको बीमा लिएका छैनन र आवश्यकताअनुसार लिएकाहरुले पनि विभिन्न कारणले निरन्तरता दिन सकेका हुदैनन । यस्ता समुदायमा, जीवन बीमामा बचत गर्ने की साँझ विहानको छाक टार्ने भन्ने सम्मका समस्याहरु देखा पर्न सक्छन । उपरोक्त समुदायका लागी लागतका हिसावले, सम्झौता गर्ने प्रकृयाका हिसावले, क्षतिपूर्ति प्राप्त गर्ने माध्यमका हिसावले, बुझ्न सरल र सहजताका हिसावले तथा उपलब्धताका र आफ्ना जोखिम सँग मिल्ने बीमालेखका हिसावले एक मात्र विकल्प लघुबीमा हो । यद्यपि हाल प्रचलमा रहेका लघुबीमालेखहरुमा यसको वितरण प्रणालीमा र दावी प्रकृयाका सवालमा समयानुकुल ब्यापक सुधारको आवश्यकता देखिन्छ ।
राष्ट्रिय तथ्याड्ढ कार्यालयले २०८० साल माघ २९ गते प्रकाशित गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) मा प्रकाशित गरेको तथ्याड्ढ अनुसार नेपालमा २०.२७ % जनसंख्या गरिबीको रेखामुनी रहेको देखाएको छ । जसमा कृषि क्षेत्रमा लाग्नेहरु सबैभन्दा बढी अर्थात ३७.८१ % गरिब रहेको कुरा पनि उल्लेख गरिएको छ । यसरी गरिवीको रेखामुनी रहेका समुदायको जीवनस्तर उकास्न समुदाय लक्षित गरिवी निवारणका कार्यक्रमहरु अपरिहार्य हुन्छन भने लघुबीमाले यस्ता समुदायका लागी गरिवी निवारणको क्षेत्रमा एक अस्त्रको रुपमा कार्य गर्दछ । यसबाट पनि ग्रामिण क्षेत्रमा बसोबास गरी मध्यम तथा न्यूनस्तरको जीवन यापन गरिरहेका ब्यक्ति तथा समुदायका लागी लघुबीमाको अपरिहार्यता प्रष्ट हुन्छ । यस्ता समुदायमा कुनै अप्रिय घटना घट्दा वा क्षति हुँदा पूर्ती गर्ने क्षमता कमजोर हुन्छ भने क्षतीपूर्तीको दिगो र विश्वसनिय माध्यम लघुबीमा नै हो । एकातर्फ यस्ता समुदायमा आर्थिक क्षति उत्पन्न हुदा स्थानिय निकाय वा सँघ सँस्था सँग गुहार माग्नु पर्ने वाध्यात्मक अवस्था सृजना हुन्छ भने अर्कोतर्फ त्यसको न्यूनीकरणका लागी पनि लघुबीमा एक निर्विकल्प माध्यमको रुपमा कार्य गर्दछ । लघुबीमा कम्पनीहरुले कृषकहरुलाई केन्द्रमा राखी उनीहरुको आवश्यकता तथा क्षमताका आधारमा पशुधन बीमा, बाली बीमा लगायत अन्य नगदेबालीलाई समेत समेट्ने गरी बीमालेखरु जारी गर्दछन यसबाट मुख्य गरिवी रहेको क्षेत्र तथा समुदायमा उपस्थिती जनाई लक्षित बर्गको जोखिम बहन गर्ने गर्दछ ।
गरिबीको रेखामुनी रहेको वर्ग यसै पनि सामाजिक तथा भौगोलिक रुपमा कमजोर हुने भएका कारण यस्ता बर्गमा ऋण ग्रस्तता पनि स्वाभाविक रुपमा हुन्छ नै । कसैले ऋण लिएर खेती गरेको वा पशुपालन गरेको छ र उसको बालीनालीमा क्षति पुग्यो वा पशुचौपायलाई केही भयो भने एकातिर जीविकोपार्जन बन्द हुन सक्छ भने अर्कोतिर ऋण फिर्ता गर्न नसक्ने अवस्था सृजना हुन सक्छ । यस्तो अवस्थामा गरिब झन झन गरिव भई आर्थिक अवस्था दयनिय हुन सक्छ । यस्ता समुदायलाई लघुबीमामा आवद्ध गर्न सकेमा उनीहरुका लागी लघुबीमाले विपत्तिको सम्पत्तीको रुपमा कार्य गर्छ र आर्थिक र सामाजिक उत्थान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यसका अतिरिक्त लघुबीमाको महत्वलाई निम्न बुदाहरुद्वारा स्पष्ट पार्न सकिन्छ ः
–बीमामा पहुँच बृद्धि गर्न
–सही अर्थमा बीमाको महत्व प्रष्ट पार्न
–स्थानियस्तरबाट नै सरल र सहज रुपमा बीमाको सेवा लिन
– “विपत्तिको सम्पत्ती“ को रुपमा सुविधा लिन
–सबैका लागी बीमा भन्ने नारालाई सार्थकता दिन
–बीमाशुल्क खर्च नभई लगानी हो भन्ने धारणाको बिकास गर्न
–बीमा प्रतिको सचेतना बृद्धि गर्न
–लक्षित समुदायको दैनिक जीवनमा पर्न सक्ने सम्भावित जोखिमकहरुमा आर्थिक सुरक्षा प्रदान गर्न
सुझाब तथा निष्कर्ष
अन्य बीमाले समेट्न नसकेका, भौगोलिक आर्थिक सामाजिक कारणले पछाडी परेका, आयस्तर कमजोर भएका, सानो सानो पेशा व्यवसाय सञ्चालन गरिरहेका वर्ग तथा समुदायका लागी लघुबीमा निर्विकल्पको रुपमा रहेको भएता पनि लघुबीमाको कार्यान्वयन पक्षमा केही अप्ठ्याराहरु रहीआएका छन । त्यस्ता वर्ग तथा समुदायमा तुलनात्मक रुपमा शैक्षिकस्तर कमजोर हुने र आधुनिक प्रविधि सँग सहज पहुँच नभएका कारण बीमा प्रति सचेतनाको कमि भएर लक्ष्यअनुसार आवद्ध भएको देखिदैन । उक्त कुरालाई समेत मध्यनजर गरी उनीहरुका लागी सरल र सहज बीमालेख जारी गर्ने तथा दावी प्रकृयालाई पनि सहज बनाउनु पर्ने देखिन्छ । यसका साथै हाल सँचालित लघुबीमामा देखिएका केही कमजोर पक्षहरु निम्नानुसार छन्
–पूर्ण रुपमा प्रविधि मैत्री बन्न नसकेको
–असहज वितरण प्रकृया
–दावी प्रकृयामा अष्पष्टता
–लक्षित वर्ग सम्म पुग्न नसकेको
–सिमित बीमालेख
–स्थानिय निकायको न्यून संलग्नता
–राज्यको न्यून प्राथमिकता
यस्ता कमि कमजोरीहरुलाई सम्बोधन गरी लक्षित वर्गलाई लघुबीमामा आवद्ध गरी उनीहरुको दैनिक जीवनमा आउन सक्ने जोखिम ब्यवस्थापन गर्नु आजको आवश्यकता हो । यसका लागी लक्षित वर्गलाई जसरी हामी बाइक चलाउदा हेल्मेट लगाउछौ यसको मतलव हामी लडी हाल्छौ भन्ने होइन तर लड्ने सम्भावना छ भन्ने कुरालाई स्विकारेका हौ । त्यस्तै गरेर हाम्रा जीवनमा पनि विभिन्न जोखिमहरु जतीबेला पनि उत्पन्न हुन सक्छन भन्ने स्विकार गरी बाइक चलाउदा हेल्मेट लगाएको जस्तो गरेर जीवन जिउदा बीमाको सुरक्षा लिनु अनिवार्य छ भनेर सचेत बनाई लघुबीमा मार्फत बीमा गर्ने बानीको बिकास गरी विस्तारै अन्य ठूला बीमा कम्पनीको दायरा भित्र ल्याउन सके मात्र उनीहरुको जीवनस्तर उकास्न सकिन्छ । यसका साथै लघुबीमाको पहुच बृद्धि गर्न नेपाल सरकार, नियमनकारी निकाय, बीमा कम्पनी तथा आवद्ध सँग सँस्थाहरुले निम्नानुसारका कार्यहरु गर्नुपर्ने देखिन्छ ः
–आफनै वरपर छरछिमेकमा संचालित गैर नाफामुलक संघ संस्था, वित्तिय कारोवार गर्ने संस्था, पसल वा काउन्टरहरुबाट बीमालेख किन्न तथा दावी गर्न मिल्ने गरी व्यवस्था मिलाउने ।
–लघुबीमालेख बिक्री गरिरहेका अभिकर्ता तथा संस्थाहरुलाई प्रोत्साहन गर्ने ।
–लघुबीमामा लक्षित वर्गको पहुँच बृद्धि गर्न ब्यापक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने ।
–लघुबीमा कम्पनीलाई नियमन र नियन्त्रण गर्न स्थानिय निकायलाई थप अधिकार प्रत्यायोजन गर्ने ।
–लघुबीमा कम्पनी र स्थानिय निकाय बीच आवश्यक सहकार्यको व्यवस्था मिलाई लघुबीमा प्रति अपनत्व लिने नीतिगत ब्यवस्था गर्ने ।
–लघुबीमा अन्तर्गत बीमालेख जारी गर्ने तथा दावी प्रकृयालाई आधुनिक प्रविधी मैत्री बनाउने ।
–आफ्नो घर परिवारमा पनि विभिन्न वार्षिकोत्सव मनाए जसरी बीमालेख नवीकरण गर्ने दिनलाई पनि एक उत्सवको रुपमा मनाउने सँस्कृतिको विकास गर्ने ।
–जन्मदिन, नयाँ वर्ष जस्ता उत्सवहरुको अवसर पारेर बीमालेख किन्ने बानीको बिकास गर्ने ।
–“बीमा“ खर्च होइन लगानी हो भन्ने चेतनाको विकास गर्ने ।
–लघुबीमामा संचालन खर्च बढी हुने भएका कारण राज्य तथा नियमनकारी निकायबाट सोही बमोजिम हेरिनु पर्ने । यसकालागी कर छुट, सहुलियत वा यस्तैखालका प्याकेज घोषणा गरिनुपर्ने ।
–बाली तथा पशुधनबीमाका लागी स्थानियस्तरमा कार्यरत सरकारी सेवाका प्राविधिकहरु मार्फत
निःशुल्क प्राविधिक कार्यका लागी आवश्यक समन्वय गरिनु पर्ने ।
(पाठक प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कार्यरत रहेका छन् । प्रकाशित लेख प्राधिकरणको ५६औं वार्षिकोत्सव विशेषांक २०८१, बीमा समाचार र विचारबाट साभार गरिएको हो)
लघु बीमाको सन्दर्भ मा यथार्थ र समग्र विश्लेषण ।