स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, एसईई उत्तीर्णलाई अवसर
३२ जेष्ठ २०८१, शुक्रबार १०:२४
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन माग गरेको हो । यसमा कर्मचारीले संस्थाको जुनसुकै कार्यालयमा रहेर काम गर्नुपर्ने हुन्छ ।
यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षामा १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ । उमेरको हदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुने संस्थाले जनाएको छ । अनुभव भएका र लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन् ।
योग्य तथा इच्छुक व्यक्तिले कम्पनीको वेवसाइट www.swbbl.com.np मार्फत् १५ दिनभित्र दरखास्त आवेदन दिनुपर्नेछ ।
[email protected]