एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार १ गते देखि लागू हुने गरी ब्याजदर घटाएकोे हो ।
यस बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत ब्याज ताकेको छ । बैठकले जेठ महिनामा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.८०० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले व्यक्तिगततर्फ ३ देखि १२ महिना अवधिका लागि ६.५० प्रतिशत, १ वर्ष अवधिका लागि ७ प्रतिशत, १ वर्ष देखि माथि २ वर्ष देखि मुनिका लागि ७ प्रतिशत, २ वर्ष देखि माथि ५ वर्षमुनिका लागि ७.२५ प्रतिशत र ५ वर्षदेखि माथिका लागि ७.६९ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले असारमा संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर तोकेको छ । जेठका लागि बैंकले संस्थागततर्फ अधिकतम ६.८०० प्रतिशत ब्याजदर तोकेको थियो ।
संस्थागततर्फ बैंकले असारका लागि ६ महिना देखि १२ महिना मुनिका लागि ५.३५ प्रतिशत, १ वर्ष अवधिका लागि ५.९० प्रतिशत, १ वर्ष देखि माथि ५ वर्षमुनि अवधिका लागि ६ प्रतिशत र ५ वर्षमाथिका लागि ६.६९ प्रतिशत ब्याजदर तोकेको छ ।