प्रभु बैंकले पनि यथावत् राख्यो ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत् राखेर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी उक्त ब्याजदर सार्वजनिक गरेको हो ।
प्रभु बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ देखि ५ महिना अवधिका लागि ६ प्रतिशत, ६ महिना देखि १२ महिना अवधिका लागि ६.५०० प्रतिशत, १२ महिना देखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्षदेखि माथिको अवधिका लागि ७.५०० प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले यता संस्थागततर्फ ६ देखि १२ महिना अवधिका लागि ५ प्रतिशत, १२ महिना देखि ५ वर्ष अवधिका लागि ५.५०० प्रतिशत र ५ वर्ष देखि माथिको अवधिका लागि ६.५०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै बैंकले स्वर्णीम मुद्दती (व्यक्तिगत) मा ५ वर्ष अवधिका लागि ७.५०० प्रतिशत, प्रभु उन्नती मुद्दती (रेमिटेन्स) मा ३ महिना देखि ५ वर्ष अवधिका लागि ८.५०० प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले प्रभु हाईब्रीड बचत खातातर्फ १२ महिना देखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्ष देखि माथि अवधिका लागि ७.५०० प्रतिशत ब्याजदर तोकेको छ । प्रभु रिक्युरिङ तर्फ ६ देखि १२ महिनाका लागि ६.५०० प्रतिशत, १२ महिनादेखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्षदेखि माथिका लागि ७.५०० प्रतिशत ब्याजदर तोकेको छ ।