नेपाल बैंकले यथावत् राख्यो ब्याजदर

३२ जेष्ठ २०८१, शुक्रबार ०८:४४

काठमाडौं । नेपाल बैंक लिमिटेडले असार १ गते देखि लागू हुने गरी नया ब्याजदर सार्वजनिक गरेको छ । उक्त ब्याजदर अनुसार बैंकले असार महिनाका लागि जेठ महिनाकै ब्याजदर यथावत्  राखेको हो ।

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा २ वर्ष अवधिसम्मका लागि ५.७५ प्रतिशत र २ वर्षभन्दमा माथिको अवधिका लागि ६.७५ प्रतिशत ब्याज दिनेछ ।

बैंकले यता संस्थागत मुद्दतीतर्फ असार महिनाका लागि ४.७५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*