कुमारी बैंकले घटायो ब्याजदर

३२ जेष्ठ २०८१, शुक्रबार ०८:१३

काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

कुमारी बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.५६ प्रतिशत कायम गरेको छ । बैठकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ देखि ६ महिनाका लागि ५.२६ प्रतिशत, ६ महिना देखि १ वर्षका लागि ५.७१ प्रतिशत, १ देखि ३ वर्षका लागि ६.०६ प्रतिशत र ३ वर्षका लागि ६.५६ प्रतिशत ब्याज दिने भएको छ ।

कुमारी स्मार्ट मोबाइल एपका ग्राहकले भने ३ देखि ६ महिनाका लागि ५.४६ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ५.९१ प्रतिशत, १ देखि ३ वर्षका लागि ६.२६ प्रतिशत, ३ वर्षभन्दा माथिको अवधिका लागि ६.७६ प्रतिशत ब्याज पाउनेछन् ।

बैंकले संस्थागततर्फ पनि ब्याजदर घटाएको छ । जेठ महिनामा बैंकले संस्थागततर्फ अधिकतम ६.२६ प्रतिशत ब्याज दिएकोमा असारमा बैंकले अधिकतम ५.६१ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले संस्थागततर्फ ६ महिना देखि १ वर्षका लागि ४.२६ प्रतिशत, १ देखि ३ वर्षका लागि ५.०१ प्रतिशत र ३ वर्षमाथिका लागि ५.६१ प्रतिशत ब्याज दिने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*