एनएमबि बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

३२ जेष्ठ २०८१, शुक्रबार ०७:४८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । बैकले जेठ महिनाका लागि अधिकतम ७.८० प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ६ देखि ९ महिना अवधिका लागि ४.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ४.७५ प्रतिशत, १ देखि २ वर्ष अवधिका लागि ५ प्रतिशत, २ देखि ५ वर्ष अवधिका लागि ६.५० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधिका लागि ७.६९ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले मान्यजन मुद्दती (१ वर्ष अवधि)मा ७ प्रतिशत, सलर मुद्दती बचत खाता (३ महिना अवधि)मा ४ प्रतिशत ब्याजदर तोकेको छ । रेमिटेन्सतर्फ ६ महिनादेखि १ वर्ष अवधिमा ७.२५ प्रतिशत र १ वर्ष देखि माथिको अवधिमा ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले असार महिनाका लागि संस्थागत निक्षेपतर्फ अधिकतम ६.६६ प्रतिशत ब्याज दिने भएको छ । बैंकले जेठ महिनामा संस्थागततर्फ अधिकतम ६.८० प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपमा ६ देखि ९ महिनासम्मका लागि ४.९० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ५ प्रतिशत, १ देखि २ वर्ष अवधिका लागि ६.५० प्रतिशत, २ देखि ५ वर्ष अवधिका लागि ६.४० र ५ वर्षमाथि अवधिका लागि ६.६६ प्रतिशत ब्याजदर तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*