अधिकांश बीमा कम्पनीले बेचे नेपाल पुनर्बीमा कम्पनीको शेयर, बाहिरिए ११ संस्थापक

३१ जेष्ठ २०८१, बिहीबार १८:४९

काठमाडौं । सरकारी स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीबाट अधिकांश शेयरधनीहरु बाहिरिने क्रम जारी रहेको छ । कम्पनीको संस्थापक स्वामित्व रहेका शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयर बिक्री गर्दै बाहिरिएका हुन् ।

कम्पनीबाट विभिन्न संस्थापक समुहका शेयरधनीहरुले पछिल्लो समयमा करिव १ करोड ६२ लाख ७७ हजार बढी कित्ता शेयर बिक्री गरेका छन् । कम्पनीहरुले प्रतिकित्ता न्यूनतम मूल्य २७३ रुपैयाँदेखि माथि नै बिक्री गरेका छन् ।

संस्थापक शेयरधनीहरुमध्ये बीमा क्षेत्रका कम्पनीहरुले चाँही नियमनकारी निकाय बीमा प्राधिकरणको निर्देशन बमोजिमको चुक्ता पूँजी वृद्धि योजनाको लागि उक्त शेयर बिक्री गरेको बताएका छन् । जसमा आईजीई प्रुडेन्सियल इन्स्योरेन्सले न्यूनतम मूल्य २८० रुपैयाँको दरले २० लाख कित्ता, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० लाख कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सले २० लाख ७३ कित्ता र प्रभु इन्स्योरेन्सले १९ लाख ७९ हजार कित्ता शेयर बिक्री गर्दै नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिएका हुन् ।

पुनर्बीमा कम्पनीबाट ग्लोबल आईएमई क्यापिटलले १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्ट नेपाल ६ लाख ५० हजार कित्ता, आइएमई लिमिटेडले ७ लाख ५० हजार कित्ता र विशाल ग्रुपले १५ लाख कित्ता सेयर बिक्रीका गरेको छ ।

विशाल ग्रुपले सबैभन्दा बढी शेयर बिक्री गरेको छ । कम्पनीले विभिन्न समयमा करिव ३३ लाख कित्ता बढी शेयर बिक्री गरेको छ । कम्पनीले उक्त शेयर २७३ रुपैयाँदेखि ३३५ रुपैयाँसम्मको मूल्यमा बिक्री गरेको छ ।

सरकारी स्वामित्वको उक्त कम्पनीमा केही समय अगाडी नै आर्थिक क्षेत्रमा राम्रो ज्ञान अनुभव भएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा नियुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*