निर्देशिकाको धज्जी उडाउँदै शिखर नगरपालिका, एक वर्षमा खाना खाजामा ३३ लाख रुपैयाँ स्वाहा

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले एक वर्षको अवधिमा खाना खाजामा करिब ३३ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०८० अनुसार नगरपालिकाले खाना र खाजा लगायतमा ३२ लाख ९५ हजार ११४ रुपैयाँ स्वाहा पारेको हो । महालेखाले खाना र खाजामा नगरपालिकाले अत्याधिक खर्च गरेको निष्कर्ष निकालेको छ । उक्त खर्चले पालिकाको पूँजीगत खर्चमा असर पर्ने हुँदा यस्ता खर्च नियन्त्रण गर्ने तर्फ पालिकाले ध्यान दिनुपर्ने महालेखाले जनाएको छ । यता, सभा संञ्चालन तर्फ १ लाख १३ हजार २२० रुपैयाँ नगरपालिकाले खर्च गरेको देखिएको छ । प्रत्येक वर्ष खाना खाजामा ठुलो खर्च भइरहेको आरोपकाबीच नगरपालिकाले गत वर्ष भन्दा कम गरे पनि खर्च नियन्त्रण गर्ने अझै सकेको छैन । महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ अनुसार नगरपालिकाले खाना खाजा तथा विविध खर्चमा ४७ लाख ३५ हजार ५५७ रुपैयाँ खर्च गरेको थियो । आजै पनि उक्त खर्च नियन्त्रणमा आउन सकेको छैन । कांग्रेस निकट पत्रकारहरुको भवनमा निर्माणमा करिब तीन लाख खर्च नीति नियमको धज्जी उडाउँदै शिखर नगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेश युनियनको भवन निर्माणमा २ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ मा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्यिता, प्रभावकारीता र कार्यदक्षता र औचित्यताका आधारमा गर्नुपर्ने हुन्छ … Continue reading निर्देशिकाको धज्जी उडाउँदै शिखर नगरपालिका, एक वर्षमा खाना खाजामा ३३ लाख रुपैयाँ स्वाहा