बिक्री गर्नेहरु हाबि हुँदा शेयर बजारमा करेक्सन, साढे ६ अर्बको कारोबार
३१ जेष्ठ २०८१, बिहीबार १५:०५
काठमाडौँ । तीन दिनको उकालो यात्रामा ब्रेक लागेको छ । तीन दिन लगातार बढेको बजारमा लगानीकर्ता बिक्री गर्ने तिर हाबि हुँदा शेयर बजारमा करेक्सन देखिएको हो । लगानीकर्ताको मनोबल उच्च बनाउँदा शेयर बजारले सकारात्मक गति लिन लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको छ । बिहिबाखर ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । यस दिन विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य उपसूचक भने राताम्य भएका हुन् ।
आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।