समृद्धि फाइनान्ससहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

३१ जेष्ठ २०८१, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरमूल्य सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९.३२ दशमलव २११२.२९ को बिन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये ९४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज समृद्धि फाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूलय ९.८२ प्रतिशत, बाराही हाइड्रोपावरको ९.७४ प्रतिशत र यी वाहेकका अन्य कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*