खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने
३१ जेष्ठ २०८१, बिहीबार ०७:५१
काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १४ गते विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे सभा बोलाएको हो ।
सभाले शेयरधनीहरूलाई ५० प्रतिशत अर्थात् १ः०.५ को अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, ठेगाना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।