नेपालको पाँच तारे स्तरका होटलमा कस्को छ लगानी र कुल पुँजी कति ?
३० जेष्ठ २०८१, बुधबार १८:५३
काठमाडौं । नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङख्या २२ पुगेको छ ।
पर्यटन विभागका अनुसार यस वर्ष दुई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् ।
पर्यटकहरु नेपाल भ्रमणमा आँउदा रोजाईमा पर्ने गरेको पाँच तारे होटलमा २६ करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म लगानी रहेको छ।
नेपालको पहिलो सोल्टि होटलमा सोल्टि इन्टरप्राइजेजको लगानी रहेको छ । होटलमा ७३ करोड २७ लाख रुपैयाँ कुल पुँजी रहेको छ।