शेयर बजारमा उकालो यात्राको निरन्तरता, कारोबार पाँच अर्ब ८९ करोड
काठमाडौँ । साताको चौथो कारोबारको दिन समेत शेयर बजारमा सकारात्मक यात्राले निरन्तरता दिएको छ । पछिल्लो केहि दिन यता शेयर बजारमा उत्साहको माहोल सिर्जना भइरहेको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा शेयर बजारले उकालो यात्रा तय गरि रहेको हो ।
आज लगानीकर्ता बढी बिक्री गर्ने हाबी हुँदा एकंल अकंले मात्र शेयर बजार बढ्न पुगेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अबको मौद्रिक नीति खुकुलो आउने बताएसँगै शेयर बजारमा लगानीकर्ता हौसिएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार ९ कम्पनीको शेयरमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंक समूहको ०.८३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स, मिड शोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रिनलाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।