प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
३० जेष्ठ २०८१, बुधबार ०६:४७
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।