ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा

२७ जेष्ठ २०८१, आईतवार ०७:०४

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार १५ गते गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि शुरू हुने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष (आव) २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस आधारमा असार २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*