नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने
२५ जेष्ठ २०८१, शुक्रबार १२:३०
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ ।
बैंकको कोर बैंकिङ सिस्ट को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज ९जेठ २५० राति ११ बजेदेखि ११।३० बजेसम्म र शनिबार ९जेठ २६० राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ ।