सुन तस्करीको अवैध भुक्तानीमा ‘पेवेल’ र ‘सजिलो पे’ को संग्लनता, राष्ट्र बैंकले गर्यो कारबाहि

काठमाडौँ ।  ६० किलो सुन प्रकरणमा दुई वटा मोबाइल वालेट कम्पनीको संग्लनता रहेको पाइएको छ । सीआईबीको दोस्रो चरणको अनुसन्धानको क्रममा सुनको रकम भुक्तानी गर्दा दुई वटा मोबाइल वालेटको पनि दुरुपयोग भएको पाइएको हो । अवैध सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ दुरुपयोग गरेको भेटिएको हो । सुन तस्करले कारोबारको भुक्तानी वालेटमार्फत गरेको खुलेको छ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न आरोपमा सीआईबीले १० जनालाई थुनेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट दुई वालेटको संग्लनता रहेको भएपछि राष्ट्र बैंकले दुई वटा मोबाइल वालेट कम्पनीको खाता रोक्का गरेको छ । अनामनगरमा कार्यालय रहेको पेवेल नेपाल प्रालि र बालुवाटारमा कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको कारोबार राष्ट्र बैंकले रोक्का गरेको हो । दुई वटा वालेट कम्पनीले सुनको भुक्तानीबापत ३ अर्बको कारोबार देखिएको जनाइएको छ ।