चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र खारेज
२४ जेष्ठ २०८१, बिहीबार ११:२२
काठमाडौँ। चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ ।
प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको हो ।
सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम २०८०।८।१६ देखि स्वतः रद्द भएको प्राधिकरणको भनाइ छ ।