गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गर्भनर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । साउन पहिलो साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो । यस पटक गर्भनर अधिकारीलाई चुनौती र अवसर दुवैको सामना गर्नुपर्ने देखिन्छ । निजी क्षेत्र र पुँजी बजारबाट गर्भनर माथि लागि रहेका अनेक आरोपलाई चिर्न पर्ने ठुलो चुनौती छ भने अर्थतन्त्र लयमा आइरहँदा केही नीतिगत अवरोध फुकुवा गरी लगानीयोग्य वातावरण सिर्जना गरी सबैका लागि सक्षम गर्भनर कहलिने अवसर रहेको छ । अहिलेको शेयर बजार नीतिगत चेपुवामा परेको छ । गर्भनरले यस पटक पुँजी बजारका लागि चालेको कदम कि सम्झिन लायक हुने छ भने कि त नर्बिसिने छाप हुने छ । पुँजी बजारका लागि केही नीति फुकुवा भयो भने लगानीकर्ताले गर्भनरलाई सम्झी रहने छन् । यदि नीतिगत सुधार नभएको खण्डमा नीतिको चेपुवामा परेको कार्यकाल अथवा अर्बौँ रकम गुमाएको गर्भनरको कार्यकाल भने नर्बिसिने हुनेछ । अब त्यो कुरा गर्भनरको हातमा छ । प्रायः शेयर बजारका लगानीकर्ता अधिकारीसँग जहिले पनि रुष्ट हुँदै आइरहेका छन् । पुँजी बजार सुधारका लागि गर्भनर अधिकारीको भूमिका उदासीन रहेको लगानीकर्ताको आरोप रहेको छ । शेयर बजारमा सबैभन्दा ठुलो भूमिका मौद्रिक नीतिको रहेको हुन्छ । मौद्रिक नीतिबाट आउने पोलिसिले नै … Continue reading गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?