सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालको जीवन बीमा क्षेत्र नै बद्नाम हुने गरी ठगी धन्दा सञ्चालन गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । जीवन बीमा भनेकै जोखिम र बचत दुवै हो । तर, सुर्यज्योति लाइफमा चौरासी पुजा नामक बीमा पोलिसी लिएकी रुपन्देहीकी सतियादेवी कलवारिनको निधनपछि बीमा दावी भुक्तानी दिनुको साटो जीवन बीमा पोलिसी नै रद्द गरेर सुर्यज्योति लाइफले बीमितलाई ठगी गरेको तथ्य फेला परेको छ । बीमित गोनहा– ६ रुपन्देहीकी सतियादेवी कलवारिनले २०७८।११।१३ गते सुर्य ज्योति लाइफको भैरहवास्थित शाखाबाट २० लाख रुपैयाँ बीमाङ्क चौरासी पुजा जीवन बीमालेख पोलिसी लिएकी थिईन् । निज बीमितको २०७९।०४।०६ गते निधन भएको थियो । बीमितको निधन पश्चात हकवाला छोरा दिनेश जैसवालले बीमा कम्पनीमा दावी भुक्तानी माग गर्दै निवेदन दिएकोमा दावी भुक्तानी दिनुको साटो बीमितको निधन भएको ७ महिना ७ दिन पछि सिईओ प्रकाश बिक्रम खत्रीले बीमितको नाममा जारी भएको बीमा पोलिसी नै रद्द गर्ने र दावी भुक्तानी नदिने निर्णय गरेको तथ्य भेटिएको छ । कम्पनीका कानुन तथा दावी विभाग कर्मचारी उमेश बुढाथोकीले हस्ताक्षर गरेर बीमितका हकवावा दिनेश जैसवाललाई दिएको पत्रमा उनकी आमा सतिया देवी कलवारिनको बीमा पोलिसी रद्द भएको र यसअघि बुझाएको रकम समेत फिर्ता नहुने उल्लेख गरेका छन् । कलवारिनले मर्नु अघि जीवनभरको कमाई जम्मा गरेर चार लाख रुपैयाँ अग्रिम भुक्तानी बापत बुझाएकी थिईन् … Continue reading सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द