लेखाअधिकृतबाट कार्यकारी निर्देशक बनेका राजुरमण पौडेलको बीमा प्राधिकरणको यात्रा
काठमाडौं । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा प्राधिकरणबाट ३० बर्षको अवधि सकिएर जागिरे जीवनबाट विश्राम लिईसकेका छन् । २०५१ साल जेठ १२ गते बीमा प्राधिकरणमा लोकसेवाबाट लेखा अधिकृतको पेशाको रुपमा प्रवेश गरेको पौडेलको ३० बर्षको कार्यकाल पूरा भएर ऐतिहासिक यात्रा तय गरेर बिदामा बसिसकेका छन् । शान्त, भद्र र सबैसँग मिल्ने र सकारात्मक सोचको धनी कार्यकारी निर्देशक राजुरमण पौडेल आज जुन स्थानमा छन्, त्यस्को मुख्य श्रेय उनी आफनो आमालाई दिन्छन् ।
पौडल भन्छन्, मैले मात्र हैन संसारका हरेक सन्तानको प्रगतिको पहिलो स्रोत नै आमा हो । सो कारण पनि मैलै मात्र हैन । प्रत्येक व्यक्तिले आफनो सफलताको मुख्य स्रोत आमालाई नै दिन चाहान्छन् उनी भन्छन् ।बुबाको निधनपछि आमाको संघर्षको कथा बुझेका उनले जागिरे जीवन सुरु गरेपछि पछाडि फर्केर हेर्नु परेको छैन । आफ्ना सन्तानको लालनपालन र शैक्षिक उ्रन्नतीको लागि जीवनभर कठोर परिश्रम गरेकी आमाको बयान कसरी गर्न सक्छु भन्दै यो अवस्थासम्म आउन सक्ने सामर्थय, धौयर्ता र शक्तिमा उनकै मुख्य योग्दान रहेको पौडेल बताँउछन् ।
उनी चार बर्षको हुँदा उनको बुबाको निधन भएको थियो । परिवारकौ पिल्लर नै संसारमा नरहेपछि उनको परिवारलाई ठूलो ब्रजपात पर्र्यो । आफ्ना सन्तानको उज्यालो भविष्य बनाउनका लागि आमाको योग्दान बयान गर्न नसक्ने उनी बताँउछन् ।
आफूले पढ्ने अवसर नपाए पनि आफ्ना छोरीहरूले पढ्नुपर्छ र शिक्षित बनेर आफ्नो जीवन सुधार्नुपर्छ भन्ने उनीहरूले कतैबाट पढेर जानेका थिएनन्, आफ्नै जीवन भोगाइबाट सिकेका थिए ।हाम्रो सनातन संस्कृतिमा आमालाई सबैभन्दा पहिलो स्थानमा राखिँदैआएको छ । आमालाई अतुल्य नाताको रूपमा स्वीकार र सम्मान गरिएको छ । यदि कहीं कसैसँग तुलना भएको छ भने त्यो पृथिवी हो ।पृथिवी र आमालाई प्रायः समान श्रेणीमा राखिएको छ । आमा बन्ने सामथ्र्य राख्ने भएको हुनाले सिङ्गो नारीजातिलाई मातृशक्तिको रूपमा स्वीकार रसम्मान गरिएको छ ।
जन्म दिने भएको हुनाले आमालाई जननी पनि भनिन्छ । विभिन्न भाषामा आमाका लागि प्रयोग हुने शब्द फरक—फरक छन् । जे जे शब्दमा सम्वोधन गरिए पनि आमा जन्मदातृ हुन् । मानिसका नाता अनकौँ छन्, तर अरु नाता सम्बन्धभन्दा आमा नितान्त भिन्न हो । आमाले पाउनुपर्ने माया र सम्मानको भाग अरु कसैको भन्दा बढी हुन्छ र हुनुपर्ने उनी भावुक हुँदै सुनाउछन् ।
२०५१ सालमा तत्कालिन बीमा समितिको भुकुटीमण्डपबाट लेखाअधिकृतबाट कार्यकारी निर्देशक बनेको राजुरमण पौडेलले प्राधिकरणबाट जेठ १२ गते अवकाश लिईसकेका छन् ।
३० बर्ष निरन्तर एउटै पेशामा निरन्तर लागेर बीमा प्राधिकरणबाट गुमाएको भन्दा पनि धेरै कुरा पाएका छन् । उनी प्राधिकरणमा प्रवेशको समयलाई सन्तानको हुकाईको रुपमा लिन्छन् भने अहिले वयस्क हुँदै गर्दा अबको भविष्य उज्जवल हुँदा छोडेकोमा आफै गौरवान महसुस गर्छन् ।
एउटा सन्तानलाई हुर्काएर उच्च बाटोमा जाने बाटो देखाएर वर्यस्क हुँदा छोड्दा प्राधिकरणले पाउनु परेको झन्झटलाई उनी भावुक हुँदै सम्झन्छन् । त्यति सजिलो पनि छैन । ती संघर्षका दिनहरुको मिहेनतले नै आजको सफलताको रुपमा परिभाषित गर्छन् उनी ।
राजु रमण पौडेल आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिँदै डिग्री पढिरहेका थिए । त्यसबेला उनको उद्देश्य सरकारी जागिर खानु रहेको थियो । उक्त उद्देश्य पूरा गर्न उनी डिग्रीसँगै लोकसेवाको तयारी पनि गरिरहेका थिए । उनलाई आफनो लक्ष्य पूरा गर्नुको साथै पारिवारिक पे्रसर पनि थियो । दाईले लोकसेवामा नाम निकालेपछि उनलाई थप चुनौती पनि परेको थियो।
पौडेल आफ्नो पढाईलाई नै अनवरत रुपले निरन्तरता दिइरहेको बेला बीमा समितिद्वारा लेखा अधिकृत, विकास अधिकृत र कानुन अधिकृतमा विज्ञापन खुलेको थाहा पाउछन् । पहिलैदेखि सरकारी जागिर खानमा उत्सुक उनी चासोका साथ सो विज्ञापन पत्रिकामा आएको समय स्मरण गर्दछन् ।
विज्ञापनमा इन्स्योरेन्स पढेकालाई प्राथमिकता दिइनेछ भनेको देखेपछि बीमा कोर्सको डिप्लोमा पढेका उनी सो विज्ञापनमा आवेदन दिन उत्सुक हुन्छन्। उनीसँगै उनका थप दुईजना साथिले पनि सोही विज्ञापनको फरक फरक पदमा आवेदन दिएका थिए ।
उनको आवेदन लिने व्यक्ति हाल बीमा प्राधिकरणका मधेश प्रदेश प्रमुख कुसुम शर्मा थिइन् । यसरी आवेदन दिएपछि पौडेल त्यसको तयारीतर्फ लागे । सानैदेखि सरकारी जागिरप्रति मोह भएका उनी बीमा समितिमा नाम निकाल्न लागिपरे । परिवारमा दाई, मामा र आफन्तहरु पनि सरकारी जागिरमै रहेको कारण उनलाई सरकारी जागिरमै नाम निकाल्ने प्रेसर पनि थियो ।
सरकारी जागिर कि त वैदेशिक रोजगार उनको लागि छनोटको माध्यम थियो । उनले सरकारी जागिरलाई नै प्राथमिकतामा राखेर सूचनाको पखाईमा बसेको बेला बीमा प्राधिकरणमा परिक्षा दिएर प्रवेश गर्नु उनको लागि चुनौती र उपब्धि दुबै बन्यो ।
आफू जुनसुकै संस्थामा आवद्ध भएपनि पूर्ण निष्ठा एवम् पारदर्शिताले जिम्मे अन्ततः दुढ संकल्प लिएर राजुरमण पौडेलले तत्कालिन बीमा समिति एव हालको बीमा प्राधिकरणमा परीक्षाको सबै चरण पार गरेर नाम निकाल्न सफल भए । उनीमात्र नभएर उनीसँगै आवेदन दिएका साथी शेखर कोईरालाले कानुन अधिकृतमा र विकास अधिकृतमा साथी श्रीमान कार्कीले पनि नाम निकाल्न सफल भएका थिए । सँगै आवेदन दिएका तीनैजना साथीले एकैपटकमा नाम निकाल्दा सो क्षण एकदमै रमणीय भएको उनी सुनाउँछन्।
वारी वहन गर्नुपर्ने उनको भनाई छ । आफूलाई संस्थाले जे दिन्छ त्यसको बद्लामा संस्थालाई पनि आफूले सकेको दिनुपर्ने उनको धारणा रहेको छ ।
यसैबीच भवन सार्ने निर्णय भयो । रेडक्रसको प्राङ्गणमा अवस्थित तत्कालिन बीमा समितिको भवन पौडेल आफैको अथक प्रयासले चावहिलको दुई रोपनी जग्गामा बनेको ग्राउण्ड फ्लोरसहितको तीन तले भवनमा सर्यो ।
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि कुपण्डोलमा रहेको सानो जग्गामा सो बीमा समिति पुनः सर्यो । तत्कालीन समयमा पनि उनलाई काम गर्न असहज भने भएन् ।
सरकारी कार्यालय भएकाले सरकारको अनुगमन र रेखदेख हुने गरेको भएतापनि दैनिक प्रशासनको कामहरूमा मन्त्रालयबाट हस्तक्षेप नभएको उनी बताँउछन् । तत्कालीन समयमा पनि बीमा समितिलाई अर्ध स्वायत्तता थियो । जसकारण पौडेललाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न कुनै दबाब भने परेन् ।
पौडले बीमा समितिमा प्रवेश गर्दा सर्वसाधारणमा बीमाको पहुँच निकै कम थियो । तत्कालीन समयमा बीमा सर्भेयरको संख्या जम्मा १३–१४ रहेको उनी सम्झिन्छन् । आम जनतामा बीमाको पहुँच पुर्याउने उद्देश्यले आफ्नै सहकार्यमा पौडेललसहितले थुप्रै अभिकर्ता र बीमा सर्भेयरहरूको उत्पादन गरेका थिए ।
यससँगै विस्तारै बीमा कम्पनीको संख्यापनि बढ्दै गयो । नयाँ बीमा ऐन लागु भएसँगै नयाँ बीमा कम्पनीहरू स्थापना भई इजाजत लिदै बीमा सेवा सुचारु गर्न थालेका थिए ।
यो संख्या बढ्दै गएर करिब २०५२–५३ सालभित्रै १३–१४ वटा बीमा कम्पनी स्थापना भइसकेका थिए । ओरियन्टल नेशनल र मेटलाइफले पनि शाखा संचालनको इजाजत पाएका थिए । यता नेशनल लाइफले लाजिम्पाट शाखा कार्यालय स्थापना गरेर बीमाको पहुँच बढाउन सहयोग गरिरहेकै थियो ।
सुरुमा नेशनल लाइफ र नन लाइफ एकै भएपनि पछि छुट्टिएको पौडेल बताउछन् । त्यसबेला कम्पनीले जीवन र निर्जीवन दुबै ब्यवसाय संचालन गर्न पाउथे ।
उक्त समयमा नेपालमा पुनर्बीमा कम्पनी भने बनिसकेको थिएन् । छिमेकी राष्ट्र भारतको जीआईसी रिसँग सहकार्य गर्ने गरिएको थियो । पछि भारतको जीआईसी रिले नेपालमा आफ्नो कार्यालय खोल्न चाहेको थियो । तर, नेपाल आफै पुनर्बीमा खोल्नपर्छ भन्ने धारणा पौडेलमा थियो ।
बीमा प्राधिकरणमा कार्यकारी नभएको भए आज विदेशमा हुन्थो होला भन्छन् उनी । परिवारका सदस्यहरु वैदेशिक रोजगारीको शिलशिलामा बाहिर नै भएको कारण उनी पनि अहिलो बाहिर नै सेटल भईसकेको हुन्थ्यो भन्ने उनको परिकल्पना छ ।
राजु रमण पौडेल आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिँदै डिग्री पढिरहेका थिए । त्यसबेला उनको उद्देश्य सरकारी जागिर खानु रहेको थियो । उक्त उद्देश्य पूरा गर्न उनी डिग्रीसँगै लोकसेवाको तयारी पनि गरिरहेका थिए ।
पौडेल आफ्नो पढाईलाई नै अनवरत रुपले निरन्तरता दिइरहेको बेला बीमा समितिद्वारा लेखा अधिकृत, विकास अधिकृतच र कानुन अधिकृतमा विज्ञापन खुलेको थाहा पाउछन् । पहिलैदेखि सरकारी जागिर खानमा उत्सुक उनी चासोका साथ सो विज्ञापन पढेको सुनाउछन् ।
विज्ञापनमा इन्स्योरेन्स पढेकालाई प्राथमिकता दिइनेछ भनेको देखेपछि आफूले डिग्रीमा पढेको ५० मार्कको इन्स्योरेन्स पढेका उनी सो विज्ञापनमा आवेदन दिन उत्सुक हुन्छन् ।
उनीसँगै उनका थप दुईजना साथिले पनि सोही विज्ञापनको फरक फरक पदमा आवेदन दिएका थिए । उनको आवेदन लिने व्यक्ति हाल बीमा प्राधिकरणका मधेश प्रदेश प्रमुख कुसुम शर्मा थिइन् । यसरी आवेदन दिएपछि पौडेल त्यसको तयारीतर्फ लागे । सानैदेखि सरकारी जागिरप्रति मोह भएका उनी बीमा समितिमा नाम निकाल्न लागिपरे ।
नभन्दै उनले परीक्षाको सबै चरण पार गरेर नाम निकाल्न सफल भए । उनीमात्र नभएर उनीसँगै आवेदन दिएका साथी शेखरले कानुन अधिकृतमा र विकास अधिकृतमा साथी श्रीमानले पनि नाम निकाल्न सफल भएका थिए । सँगै आवेदन दिएका तीनैजना साथीले एकैपटकमा नाम निकाल्दा सो क्षण एकदमै रमणीय भएको उनी सुनाउँछन् ।
वि.स २०५१ सालमा नियुक्ती पत्र लिएर उनले सरकारी सेवामा प्रवेश गरे । त्यसबेला बीमा समितिमा लव प्रसाद शर्मा अध्यक्ष रहेका थिए । अर्थ मन्त्रालयको सानो भवनमा अवस्थित बीमा समिति उनले प्रवेश गर्दा भृकुटीमन्डपमा रहेको नेपाल रेडक्रशको प्राङ्गणमा सरिसकेको थियो ।
सरकारी सेवामा प्रवेश नपाए विदेश जाने सोच बनाएका उनी अन्ततः आफ्नो कडा मिहेनत र संङ्घर्षले प्राप्त बीमा समितिको लेखा अधिकृतको रुपमा जिम्मेवारी निभाउन सुरु गर्दै थिए । बीमा समितिमा लेखा अधिकृतमा नियुक्ती पाउँदा उनको परिवारले पनि उनीप्रति गर्व महसूस गरेका थिए ।
आफू जुनसुकै संस्थामा आवद्ध भएपनि पूर्ण निष्ठा एवम् पारदर्शिताले जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाई छ । आफूलाई संस्थाले जे दिन्छ त्यसको बद्लामा संस्थालाई पनि आफूले सकेको दिनुपर्ने उनको धारणा रहेको छ ।
यसैबीच भवन सार्ने निर्णय भयो । रेडक्रसको प्राङ्गणमा अवस्थित बीमा समितिको भवन पौडेल आफैको अथक प्रयासले चावहिलको दुई रोपनी जग्गामा बनेको ग्राउण्ड फ्लोरसहितको तीन तले भवनमा सर्यो ।
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि कुपण्डोलमा रहेको सानो जग्गामा सो बीमा समिति पुनः सर्यो । तत्कालीन समयमा पनि उनलाई काम गर्न असहज भने भएन् । सरकारी कार्यालय भएकाले सरकारको अनुगमन र रेखदेख हुने गरेको भएतापनि दैनिक प्रशासनको कामहरूमा मन्त्रालयबाट हस्तक्षेप नभएको उनी बताउछन् । तत्कालीन समयमा पनि बीमा समितिलाई अर्ध स्वायत्तता थियो । जसकारण पौडेललाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न कुनै दबाब भने परेन् ।
पौडले बीमा समितिमा प्रवेश गर्दा आम नेपाली जनतामा भने बीमाको पहुँच निकै कम थियो । तत्कालीन समयमा बीमा सर्भेयरको संख्या जम्मा १३–१४ रहेको उनी सम्झिन्छन् । आम जनतामा बीमाको पहुँच पुर्याउने उद्देश्यले आफ्नै सहकार्यमा पौडेललसहितले थुप्रै अभिकर्ता र बीमा सर्भेयरहरूको उत्पादन गरेका थिए । यससँगै विस्तारै बीमा कम्पनीको संख्यापनि बढ्दै गयो । नयाँ बीमा ऐन लागु भएसँगै नयाँ बीमा कम्पनीहरू स्थापना भई इजाजत लिदै बीमा सेवा सुचारु गर्न थालेका थिए । यो संख्या बढ्दै गएर करिब २०५२–५३ सालभित्रै १३–१४ वटा बीमा कम्पनी स्थापना भइसकेका थिए । ओरियन्टल नेशनल र मेटलाइफले पनि शाखा संचालनको इजाजत पाएका थिए । यता नेशनल लाइफले लाजिम्पाट शाखा कार्यालय स्थापना गरेर बीमाको पहुँच बढाउन सहयोग गरिरहेकै थियो ।
सुरुमा नेशनल लाइफ र नन लाइफ एकै भएपनि पछि छुट्टिएको पौडेल बताउछन् । त्यसबेला कम्पनीले जीवन र निर्जीवन दुबै ब्यवसाय संचालन गर्न पाउथे । उक्त समयमा नेपालमा पुनर्बीमा कम्पनी भने बनिसकेको थिएन् । छिमेकी राष्ट्र भारतको जीआईसी रिसँग सहकार्य गर्ने गरिएको थियो । पछि भारतको जीआईसी रिले नेपालमा आफ्नो कार्यालय खोल्न चाहेको थियो । तर, नेपाल आफै पुनर्बीमा खोल्नपर्छ भन्ने धारणा पौडेलमा थियो ।
लामो समयसम्म एउटै संस्थामा काम गर्दा त्यहाँ आफ्नोपनको आभास हुने उनको अनुभव छ । झण्डै आधा जीवन बिताएको क्षेत्रलाई छाडेर जानुपर्दा तीतो अनुभव भने अवश्य नै हुनेछ । पौडलले आफ्नो कार्यकालमा करिब ८ जना अध्यक्षसँग काम गरेका छन् । यो अवधिमा पौडेलले सबै अध्यक्षसँग एकदमै नजिक भएर काम गरे । कुनै अध्यक्षसँग पनि वैरभाव नभएपछि काम गर्दा राम्रो अनुभव हुने पौडेलको धारणा छ । पौडेल कुनै कार्यक्रमको शिलशिलामा बाहिर जाँदापनि सबैसँग राम्रो र मिलनसार व्यवहार गर्छन् ।
पौडेल आफू नियुक्त हुनुअघि बनेको बीमा ऐनलाई परिमार्जन गरी थप सहज र परिणाममुखी बनाउन उनले सक्दो प्रयास गरेका थिए । उनी अधिकृत भएर प्रवेश गरेको करिब १२ वर्षपछि उपनिर्देशक त्यसको सात वर्षपछि निर्देशक हुँदै कार्यकारी सम्मको जिम्मेवारी सम्हालेका छन् । पौडले प्रवेश गर्दा चार–पाँच जना मात्र कर्मचारी भएको बीमा समितिमा कर्मचारीहरू विस्तारै थपिँदै गएर हाल एकसय जना बढीको संख्यामा कर्मचारीहरू रहेका छन् ।
बीमामा सर्वसुलभ रुपमा सुविधा दिन सकेमा कम्पनी ग्राहक खोज्न बजार जानुनपर्ने उनको भनाई छ । बीमा क्षेत्रमा आवद्धले दूरदर्शी भएर लामो समयसम्मको लागि नीतिनियम बनाउनुपर्ने पौडेलको धारणा छ । ‘संस्था खुसी भए मात्र आफू खुसी भइन्छ’ भन्ने कार्यशैली भएका पौडेल सेवामा प्रवेश गर्दा करिब २२ सय मासिक तलब पाउथे ।
संस्थामा आवद्ध भएकै कारण आफ्नो बीरामी छोराको लिवर ट्रान्सप्लान्ट गर्न आफू सक्षम भएकाले आज आफ्नो परिवार खुसी हुनुको श्रेय पौडल समितिलाई नै दिने गर्छन् । पौडेललाई संस्थाले नै सात वर्षको सावधिक जीवन बीमा समेत गराइदिएको थियो । संस्थामा प्रवेश गरेपछि संस्थालाई नै आफ्नो साथी बनाएको पौडेलको भनाई छ । संस्थामा आवद्ध कर्मचारी, सर्भेयर, अभिकर्तालाई नै आफ्नो साथीभाई मान्ने पौडेल आफ्नो जीवन यापन सरल र सहज तरिकाले गर्नुपर्ने धारणा छ ।
बीमा क्षेत्रको केही स्थानमा वा कुनै समयमा अस्वस्थ प्रतिस्पर्धा भएतापनि नियामक निकायले त्यसलाई अनुगमन गरेर निर्देशन दिएमा संचालनमा सहजता हुने पौडेल बताउछन् । बीमा कम्पनीहरू सुशाशित, पारदर्शी र परिणाममुखी भएर काम गरेमा आम जनताले बीमाको लाभ लिनसक्ने पौडेलको धारणा छ । ३० वर्षदेखि आवद्ध भएको संस्थाबाट अवकाश पाएर जाँन लाग्दै गर्दा पौडेलको मनभने भारी बनेको छ।