सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापतको बीमा दावी भुक्तानी

१८ जेष्ठ २०८१, शुक्रबार १५:२७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । रम्भा गाउँपालिका–०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।

बीमित अधिकारीको वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएपछि उपचार गराएको प्रमाण सहित सोको दावी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो ।

घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कुवर क्षेत्रीले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

कम्पनीका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*