नेपालमा बीमा कम्पनीहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने अभ्यासको सैद्धान्तिक समीक्षा
१. पृष्ठभूमि
नेपाल सरकारको वित्तीय उदारीकरणको फलस्वरुप निजी क्षेत्र समेतको संलग्नतामा बीमा कम्पनी संस्थापना गर्ने क्रममा मिति २०७८ साल सम्म २० जीवन तथा १९ निर्जीवन बीमकहरु इजाजतपत्रप्राप्त गरी कारोवार सञ्चालन गरेको अवस्था रहेको थियो । अर्थतन्त्रको विस्तारको तुलनामा बीमा को संख्यात्मक वृद्धिले समग्र अर्थतन्त्रको विकासमा अपेक्षाकृत सहयोग पुग्नुको सट्टा अस्वस्थ प्रतिस्पर्धा, कमजोर सुशासन, न्यून पूँजी आधार आदि पक्षबाट बीमामा प्रणालीगत जोखिम सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गरी वित्तीय क्षेत्रलाई सवल, सुदृढ र सक्षम तुल्याउन नेपाल बीमाप्राधिकरणबाट संस्था गाभ्ने। गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७६ लागू भएकोमा समसामयीक व्यवस्था गर्न २०७८ सालमा संशोधन गरी एकापसमा मर्जर गर्न प्रोत्साहन गरीएको छ । बीमकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, पूँजी वृद्धि गर्न, नयाँ प्रविधि र व्यवस्थापकीय दक्षता हासिल गर्न, बीमकको बजार हिस्सा बढाउन र रणनीतिक श्रेष्ठता हासिल गर्नका लागि गाभ्ने।गाभिने तथा प्राप्तिलाई माध्यमको रुपमा लिइने गरेको देखिएको छ ।
वित्तीय उदारीकरणबाट बीमा कम्पनीहरुको संख्यात्मक विस्तारसंगै स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट तुलनात्मक रुपमा बचत तथा सुरक्षाको लागि देशको दूर दराजका ग्रामीण क्षेत्रसम्म बीमा सेवाको विस्तार हुन पुग्ने अपेक्षा विपरित शहरी क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृत्ति, अस्वस्थ प्रतिस्पर्धाको स्थिति, संस्थागत सुशासनको कमी, पूँजीको न्यूनता, दावी भुक्तानीमा विलम्बता, गुणस्तरमा ह्रास, तरलता व्यवस्थापनमा कमजोरी, सञ्चालक समिति र व्यवस्थापनका बीचमा विवाद जस्ता पक्षहरुले समग्र बीमा क्षेत्रको विकासमा नै प्रतिकूल प्रभाव पर्न गई प्रणालीगत जोखिम निम्तिन सक्ने अवस्था उत्पन्न भएको तथा आर्थिक मन्दी को कारण पूँजी पर्याप्तताको लागि बीमा कम्पनीहरु सुरक्षित अवतरणको खोजीमा रहेको हुँदा उपयुक्त विकल्पको रुपमा गाभ्ने÷गाभिने तथा प्राप्तिको आवश्यकता महशुश हुन पुग्यो ।
बीमकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, पूँजी वृद्धि गर्न, नयाँ प्रविधि र व्यवस्थापकीय दक्षता हासिल गर्न, बीमाको बजार हिस्सा बढाउन, बीमा सेवा थप तथा विविधिकरण गर्न गाभ्ने।गाभिने तथा प्राप्तिलाई एक महत्वपूर्ण रणनीतिक औजारको रुपमा लिएको गरेको पाइन्छ । वित्तीय संकटको समयमा समेत बीमा कम्पनीहरुलाई संकटबाट उद्धार गर्न गाभ्न।गाभिने तथा प्राप्तिको विधि अवलम्बन गरिएको पाइन्छ ।
बीमकहरुको उल्लिखित अवस्थालाई मध्यनजर गरी संस्थागत सुशासन, वित्तीय, प्राविधिक र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी सर्वसाधारण तथा लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली, २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको र सोमा आवश्यक परिमार्जन गरी लागू गरेको छ । त्यसैगरी “बीमा ऐन, २०७९” को परिच्छेद १४ मा समेत गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा छुट्टै व्यवस्था गरिएको छ ।
प्रविधिको उपयोग डिजिटल बीमा, घुम्ती बीमा,शाखा रहित बीमा सेवा आदि विस्तार हुँदै गएको छ । न्यूनतम चुक्ता पूँजी वृद्धि गर्न बीमकहरुबाट माग गरिएको पूँजी योजनामा अधिकांश बीमकहरुले बैकल्पिक औजारको रुपमा गाभ्ने।गाभिने प्रकृयालाई रोजेको पाईन्छ ।
२. गाभ्ने/गाभिने तथा प्राप्तिको उद्देश्यः
गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न बीमा कम्पनीहरुले बीमकको पूँजी वृद्धि, वित्तीय अवस्थामा सुधार, कारोवार क्षेत्र विस्तार, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतका उद्देश्यहरु राखेर उक्त कार्यमा संलग्न हुने गरेका छन् ।
क) लगानीकर्ताको विश्वासः
फरक बीमा कम्पनीहरु एक आपसमा गाभिएर वा प्राप्ति भएपछि पूँजीको आकार, व्यवसायको आकार, कारोवारको क्षेत्र आदिमा विस्तार भई बीमकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने, संस्थाले आर्जन गर्ने मुनाफामा वृद्धि भई लगानीको प्रतिफल बढ्न जाने, संस्थामा गरिएको लगानी थप सुरक्षित हुने र समग्रमा बीमकको छविमा अनुकुल सुधार हुने विश्वास गरिएको हुन्छ ।
–बीमकको छविमा सुधार
–लगानीको सुरक्षा
–यवसायको विस्तार
३. कर्मचारी सन्तुष्टि, आपसी सम्बन्ध र उत्प्रेरणाः
बीमा कम्पनीहरु एक आपसमा गाभ्दा/गाभिंदा वा प्राप्ति हुँदा कर्मचारीहरुलाई नयाँ वातावरणमा कार्य गर्न अभ्यस्त हुन समय लाग्ने गर्दछ । एउटा वातावरण र व्यवस्थापन अन्तर्गत कार्य गरिरहेका कर्मचारीहरु अर्को वातावरण र व्यवस्थापन अन्तर्गत आउँदा नयाँ व्यवस्थापन, नयाँ प्रविधि र नयाँ वातावरण बुझ्न, फरक संस्थाका कर्मचारीहरु बीच घुलमिल भई आपसी सम्बन्ध सौहार्द हुन, व्यवस्थापनलाई नयाँ संस्थाबाट आएका कर्मचारीहरुको मनोविज्ञान बुझ्न केही समय लाग्नुलाई गाभ्ने/गाभिने तथा प्राप्तिको प्रकृयामा स्वभाविकै मानिन्छ ।
गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न भई कायम भएका ३९ बीमकहरुमध्ये २०८० कार्तिक मसान्तसम्म २१ बीमा कम्पनीहरु गाभ्ने/गाभिने तथा प्राप्तिको प्रकृयामा संलग्न भई २८ वटा संस्था कायम हुन पुगेका छन् । यस प्रकृयाबाट गाभ्ने/गाभिने तथा प्राप्तिको उद्देश्यहरु बीमकको जोखिमाड्ढन क्षमता बढेको, संस्थाबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धिको अनुभूति भएको, काममा उत्साह थपिएको आदिबाट गाभ्ने/गाभिने तथा प्राप्तिको प्रभाव सकारात्मक नै रहेको देखिन्छ । वित्तीय अवस्था र परिसूचकहरुको आधारमा गाभिएर वा प्राप्ति भएर एकीकृत कारोवार गरेका बीमा कम्पनीहरुको परिसूचक अपेक्षाकृत राम्रो देखिएको छ । चुक्ता पूँजी, पूँजीकोष, कुल कर्जा तथा कुल बिमालेख वृद्धिदर समग्र बीमाक्षेत्रको वृद्धिदर उच्च रहेबाट गाभिएका वा प्राप्ति भएका बीमा कम्पनीहरुमा अनुकुल प्रभाव परेको देखिन्छ । यसरी समग्र जीवन तथा निर्जीवन बीमा क्षेत्रको वित्तीय परिसूचकहरु सकारात्मक रहेबाट गाभ्ने/गाभिने तथा प्राप्तिको प्रभावकारिता अनुकुल रहेको देखिन्छ ।
अन्तर्राष्ट्रियस्तरमा गाभ्ने/गाभिने तथा प्राप्तिपछि त्यसले संस्थामा पारेको प्रभावका सम्बन्धमा अध्ययन गरी सोको आधारमा नीतिगत सुधारहरु गर्ने प्रचलन रहेको तथ्यलाई मध्यनजर गर्दा नेपालमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रयोग नितान्त नयाँ रहेको र विशेष गरी वित्तीय क्षेत्रमा मात्र यसको प्रयोग भईरहेको सन्दर्भमा उक्त क्षेत्रमा यसले पारेको प्रभावको अध्ययनको आवश्यकता टड्कारो रहेको छ । गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी नीति लागू गरिनुको उद्देश्यहरुले पनि त्यसको प्रभावकारिता कस्तो रह्यो भन्ने निष्कर्षमा पुग्नु पर्ने हुन्छ । सामान्यतया बीमा कम्पनीहरुको संख्या घटाउन, पूँजीको आधार वृद्धि गर्न, अस्वस्थ प्रतिस्पर्धा कम गर्न, मुनाफा बढाउन,सञ्चालन लागत कम गर्न र रणनीतिक विशिष्टता हासिल गर्न गाभ्ने/गाभिने तथा प्राप्तिको नीति अवलम्वन गरिन्छ । बीमा कम्पनीहरु कुन वातावरणमा संचालन भएका छन् भन्ने कुराले पनि नीतिको प्रभावकारिता फरक भएको हुनसक्छ भन्ने विषयमा भने सबैको उस्तै धारणा रहेको पाईन्छ ।
४. गाभ्ने/गाभिने तथा प्राप्तिका सिद्धान्तहरुः
बीमा कम्पनीहरु गाभ्ने/गाभिने तथा प्राप्तिको प्रकृयामा समावेश हुनुमा विभिन्न सिद्धान्तहरुले उत्पे्ररणाको काम गरेका पाईन्छ ।
Monopoly theory – बजार हिस्सा कायम गर्न वा नयाँ कम्पनी वा उत्पादनको वजार प्रवेशमा अवरोध गर्न भैरहेका कम्पनी गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागी हुन्छन् ।
Valuation Theory – व्यवस्थापकलाई शेयर बजारमा भन्दा अगाडि नै लक्षित बीमकको भित्री सूचनाहरु जानकारी भयो भने गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागी हुन्छन् र फाइदा प्राप्त गर्दछन् ।
Empire Building Theory –संस्थाका संचालक वा उच्च व्यवस्थापकहरु बीमकको हित संरक्षण र ब्यवसायको विस्तार गरी शेयरधनीहरुको लाभ अभिवृद्धि गर्ने उद्देश्य राखिएको हुन्छ ।
Process Theory– संस्थाका संचालक वा उच्च व्यवस्थापकहरु बीमकको उद्देश्य प्राप्ति वा शेयरधनीहरुको हित संरक्षण गरी लाभ अभिवृद्धि गर्न भन्दा आफ्नै उद्देश्य परिपूर्ति जस्तै अन्य वित्तीय र गैर वित्तीय सुविधाहरु प्राप्त गर्नको लागि गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागी हुन्छन् ।
Efficiency Theory– दुई बीमकको गाभ्ने/गाभिने तथा प्राप्ति विस्तृत विवेकसम्मत निर्णयको उपज नभै राजनीतिक वा रणनैतिक निर्णयको परिणाम हुन्छ ।
Raider Theory– कुनै कम्पनीको नियन्त्रण गर्न पुग्ने सम्मको शेयर स्वामित्व कायम गर्न अन्य शेयरधनीबाट प्रिमियममा शेयर खरिद गर्ने कार्य बुझिन्छ ।
Disturbance Theory – समष्टिगत अर्थतन्त्रमा देखापर्ने उतार चढावको कारण विभिन्न खालका अनिश्चितता देखा पर्ने र त्यसको फलस्वरुप गाभ्ने/गाभिने तथा प्राप्तिको लहर चल्दछ ।
५. कानूनी व्यवस्थाहरुः
नेपालमा हालसम्म कम्पनीहरू एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा ऐन तथा कानुन छुट्टै छैन । तर यस सम्बन्धमा मौजुदा कानुनहरुमा उल्लेख नै नभएको भने होइन । कम्पनी एक आपसमा गाभ्दा देहायका ऐन/कानुनहरु आकर्षित हुनेछन्:
–बीमा ऐन, २०७९
– कम्पनी ऐन, २०६३
–धितोपत्र ऐन २०६३, धितोपत्र निष्कासन निर्देशिका
–आयकर ऐन, २०५८
–बीमक एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) सम्बन्धी निर्देशिका, २०७६
क) बीमा ऐन, २०७९
बीमा ऐन, २०७९ को परिच्छेद १४ मा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी व्यवस्था उल्लेख भएको । उक्त ऐनको दफा ११४ मा बीमक गाभ्न वा गाभिन सक्ने व्यवस्था अन्तर्गत देहाय बमोजिमको प्रावधान रहेको छ ।
(१) एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरु प्राधिकरणको स्वीकृति लिई प्रचलित कानून बमोजिम एक आपसमा गाभ्न वा गाभिन सक्ने,
(२) उपदफा (१) बमोजिम गाभ्ने वा गाभिने कारबाही चलाउनु अघि तोकिए बमोजिमको कागजात सहित गाभ्ने र गाभिने दुवै बीमकले स्वीकृतिको लागि प्राधिकरण समक्ष संयुक्त निवेदन दिनु पर्ने ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा बीमक गाभ्न वा गाभिन मनासिब देखिएमा सो सम्बन्धी कारबाही प्रारम्भ गर्न प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिने,
(४) उपदफा (३) बमोजिम सैद्धान्तिक स्वीकृति प्राप्त गरेपछि आपसमा गाभ्ने वा गाभिने बीमकले आ–आफ्नो कम्पनीको सम्पत्ति, दायित्व र व्यवसायको मूल्याड्ढन गर्न बीमकको लेखापरीक्षक हुन योग्यता पुगेको व्यक्तिलाई मूल्याड्ढनकर्ता नियुक्त गरी तोकिए बमोजिम मूल्याड्ढन गराई सो विवरणसहित प्राधिकरण समक्ष निवेदन पेश गर्नु पर्ने,
(५) उपदफा (४) बमोजिम निवेदन प्राप्त भएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी निवेदकसँग कुनै थप कुरा बुझ्नु पर्ने भए सो समेत बुझ्दा निवेदक बीमकलाई एक आपसमा गाभ्नु वा गाभिन मनासिब हुने देखिएमा गाभ्न वा गाभिन स्वीकृति प्रदान गर्न सक्ने,तर बीमकहरु एक आपसमा गाभ्दा वा गाभिँदा बीमितलाई अहित वा हानि नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने वा कुनै बीमकको एकाधिकार कायम हुने वा नियन्त्रित व्यापारिक अभ्यास कायम हुनसक्ने सम्भावना देखिएमा प्राधिकरणले त्यस्तो बीमकलाई एक आपसमा गाभ्न वा गाभिन स्वीकृति दिने छैन ।
(६) बीमक एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
प्राधिकरणले गाभ्न वा गाभिन निर्देशन दिन सक्ने अधिकारः
(१) देहायको अवस्थामा प्राधिकरणले अवधि तोकी कुनै बीमकलाई अर्को बीमकसँग गाभ्न वा गाभिन निर्देशन दिन सक्नेछः–
(क) ऐनको दफा १०९ को खण्ड (ख) बमोजिम विशेष व्यवस्थापन समूहले कुनै बीमकलाई गाभ्न प्राधिकरण समक्ष सिफारिस गरेमा, वा
(ख) बीमकको सञ्चालक वा संस्थापकको अर्को बीमकमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय, व्यावसायिक वा निजी स्वार्थ भएमा।
(२) उपदफा (१) बमोजिम निर्देशन दिएकोमा प्राधिकरणले तोकेको अवधिभित्र त्यस्तो बीमकले गाभिने प्रस्ताव प्राधिकरण समक्ष स्वीकृतिका लागि पेश गर्नु पर्नेछ र प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो बीमक अर्को बीमकसँग गाभिनेछ।
बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने प्रावधानः
(१) कुनै बीमकले उस्तै किसिमको बीमा व्यवसाय गर्ने अर्को बीमकलाई प्राप्ति (एक्विजिसन) गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम एक बीमकले अर्को बीमकलाई प्राप्ति गर्न चाहेमा दुबै बीमकले आ–आफ्नो साधारण सभाबाट सो सम्बन्धी विशेष प्रस्ताव पारित गरी प्राधिकरण समक्ष सैद्धान्तिक सहमतिका लागि संयुक्त निवेदन दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा सैद्धान्तिक सहमति दिन उपयुक्त देखिएमा प्राधिकरणले देहायको आधारमा सैद्धान्तिक सहमति प्रदान गर्न सक्नेछः–
(क) अल्पकालीन वा दीर्घकालीन दायित्व पूरा गर्नको लागि लक्षित बीमक असमर्थ भई अर्को बीमकले प्राप्ति गर्नु मनासिब देखिएमा,
(ख) दफा ३६ बमोजिमको चुक्ता पूँजी कायम गर्न वा यस ऐन बमोजिम कायम गर्नु पर्ने कोष कायम गर्न लक्षित बीमक असमर्थ भई अर्को बीमकले प्राप्ति गर्नु मनासिब भएमा,
(ग) लक्षित बीमकले निर्धारित अवधिभित्र सर्वसाधारणलाई शेयर जारी गर्न नसकेमा।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक बीमकले अर्को बीमकलाई प्राप्ति गर्दा बीमितलाई अहित वा हानि नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने वा कुनै बीमकको एकाधिकार कायम हुने वा नियन्त्रित अभ्यास कायम हुन सक्ने सम्भावना देखिएमा प्राधिकरणले त्यस्तो बीमकलाई प्राप्ति गर्न स्वीकृति दिने छैन।
(५) उपदफा (३) बमोजिम प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त भएमा प्राप्ति गर्ने बीमकले बीमकको लेखापरीक्षक हुन योग्यता पुगेका व्यक्तिहरू मध्येबाट देहायका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मूल्याड्ढनकर्ता नियुक्ति गर्नु पर्नेछः–
(क) प्राप्ति गर्ने र लक्षित बीमकको सम्पत्ति, दायित्व र व्यवसायको मूल्याड्ढन सहित समग्र आर्थिक स्थिति,
(ख) प्राप्ति गर्ने बीमकले लक्षित बीमक प्राप्ति गर्दा बीमा प्रणालीमा हुन सक्ने प्रभावको सामान्य प्रक्षेपण र प्राप्ति गर्ने बीमकको व्यावसायिक योजना,
(ग) प्राप्ति पश्चातको लक्षित बीमकका कर्मचारीको व्यवस्थापन,
(घ) प्राप्ति पश्चातको लक्षित बीमकको अल्पकालीन र दीर्घकालीन दायित्वको व्यवस्थापन,
(ङ) तोकिए बमोजिमको अन्य विवरण।
(६) उपदफा (५) बमोजिम नियुक्त मूल्याड्ढनकर्ताले आफूले तयार गरेको अध्ययन प्रतिवेदनको एक प्रति प्राधिकरण र प्राप्ति गर्ने बीमक समक्ष पेश गर्नु पर्नेछ।
(७) उपदफा (६) बमोजिमको प्रतिवेदनबाट लक्षित बीमकलाई प्राप्ति गर्न उपयुक्त हुने देखिएमा प्राधिकरणले त्यस्तो बीमक प्राप्ति (एक्विजिसन) गर्नको लागि स्वीकृति प्रदान गर्नेछ।
(८) उपदफा (७) बमोजिम स्वीकृति प्राप्त भएपछि लक्षित बीमकको सम्पत्ति र दायित्व व्यवस्थापन सम्बन्धमा दुबै बीमकले आपसी सम्झौता गरी प्राप्ति गर्ने बीमकले लक्षित बीमकको तोकिए बमोजिम सङ्ख्याका संस्थापक शेयर वा अन्य शेयर खरिद गर्नु पर्नेछ।
(९) बीमकको प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ व्यवस्था रहेको छ ।
ख) कम्पनी ऐन, २०६३
कम्पनी ऐन, २०६३ को दफा १७७ मा कम्पनी गाभिन सक्ने व्यवस्था अन्तर्गत एउटा पब्लिक कम्पनी आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी अर्का कम्पनीमा गाभिन सक्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार गाभ्ने/गाभिने सम्बन्धी साधारण सभाको निर्णय उतार, गाभिने कम्पनीको अन्तिम वासलात र लेखा परीक्षणको प्रतिवेदन, गाभिने र गाभ्ने कम्पनीका साहूहरुको लिखित सहमतिपत्रको प्रतिलिपि, गाभिने र गाभ्ने कम्पनीको चल अचल सम्पत्तिको मूल्याड्ढन, सम्पत्ति र दायित्वको यथार्थ विवरण, गाभिने र गाभ्ने कम्पनीले गाभिने कम्पनीका साहूहरु र कामदार तथा कर्मचारीका सम्बन्धमा कुनै निर्णय भएमा त्यस्तो निर्णयको प्रतिलिपि, कम्पनीहरुबीच एक आपसमा गाभिन सम्पन्न भएको सहमतिपत्र सहित ३० दिनभित्र स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ । कम्पनी रजिष्ट्रारको कार्यालयले गाभ्ने/गाभिने तथा प्राप्तिको सूचना प्राप्त भएपछि सो सम्बन्धी छानबीन गरी ३ महिना भित्रमा आफ्नो निर्णयको जानकारी दिनु पर्ने व्यवस्था छ । यसरी गाभिन स्वीकृति लिई गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वहरु गाभ्ने कम्पनीमा सर्ने व्यवस्था रहेको छ ।
ग) आयकर ऐन, २०५८
गाभ्ने/गाभिने कार्यलाई प्रोत्साहन गर्न आयकर ऐन, २०५८ मा विभिन्न छुटहरु प्रस्ताव गरिएको छ । यस अनुसार गाभ्ने संस्थाले गाभिने बीमकको कट्टी हुन नसकेको नोक्सानीलाई आगामी सातबर्षसम्म दामासाहीले कट्टा गर्न, गाभ्ने/गाभिने संस्थामा कार्यरत कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ठ भुक्तानीमा लाग्ने करको दरमा पचास प्रतिशत छुट पाउने, गाभ्ने/गाभिने संस्थामा गाभ्नु/गाभिनु अघि कायम रहेका शेयरधनीहरुले गाभिएको दुई बर्षभित्र शेयर बिक्रीबाट आर्जन हुने लाभमा पूँजीगत लाभकर नलाग्ने, गाभ्ने/गाभिने संस्थाले गाभ्ने/गाभिने अघि कायम रहेका शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमा दुई बर्षसम्म कर नलाग्ने व्यवस्थाहरु रहेको छ
घ) बीमक एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) सम्बन्धी निर्देशिका, २०७६ नेपाल बीमा प्राधिकरणले गाभ्ने/गाभिने तथा प्राप्ति कार्यलाई सहज बनाउन बीमक एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी निर्देशिका जारी गरेको छ । सो निर्देशिकाले कानूनी प्रकृया पुरा गर्न तथा गाभ्ने गाभिने बीमकहरुका लागि सुविधाको व्यवस्था गरेबमोजिम गाभ्ने, गाभिन (मर्जर) वा प्राप्ति (एक्युुसन) कार्यका लागि सम्झौता (एमओयू) गरी सैद्धान्तिक सहमतिको लागि निवेदन गर्ने बीमकहरुलाई विद्यमान कम्पनी ऐन २०६३, बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ तथा धितोपत्र सम्बन्धी अन्य कानून समेतहरुका आधारमा सो प्रक्रिया शुरु भै सैद्धान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवेदन गरेका बीमकहरुलाई लागु हुनेगरी निम्न लिखित सहजिकरणको व्यवस्था गरेको छ ।
१. सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बीमकहरु समेत एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि योग्य मानिनेछन्। तर गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात् कायम हुने बीमकको कूल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित बीमकले मिलाउने ।
२. प्राधिकरणबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका इजाजतपत्रप्राप्त बीमकहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि योग्य हुनेछन्। तर उक्त बीमकहरु गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम हुनु पर्ने ।
३. गाभ्न, गाभिन तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियालाई मनासीव कारण सहित प्राधिकरणको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न पाइने छैन।
४. सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुबाट गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियाबाट अलग हुन मनासीव माफिकको कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति (एक्विजिशन) समितिको सहमति सहित निवेदन पेश हुन आएमा प्राधिकरणले सैद्धान्तिक सहमति रद्द गरिदिन सक्नेछ। तर सो बीमकहरुमध्ये केही बीमकहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि सहमत भएको अवस्थामा प्राधिकरणले औचित्यता हेरी ती बीमकहरुको लागि मात्र सैद्धान्तिक सहमति कायम राख्न सक्नेछ ।
५. गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्यूसन) कार्य सम्पन्न गर्ने समयबद्ध कार्यतालिका तयार गरी पेश गर्ने (समयबद्ध कार्य तालिकामा निम्नलिखित विषयवस्तु समावेश हुनुपर्नेछ ।
क) बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ दफा ७ बमोजिम मूल्याकंनकर्ताको नियुक्ति मिति र विवरण ।
ख) ऐ. बमोजिम मूल्यांकन प्रतिवेदन पेश गर्ने मिति।
ग) गाभ्ने र गाभिने बीमकहरुबाट संयुक्त मर्जर समिति गठन गर्ने मिति र विवरण।
घ) ऐ. बमोजिम गठित संयुक्त मर्जर समितिको प्रतिवेदन पेश गर्ने मिति।
ङ) संयुक्त मर्जर समितिको प्रतिवेदन उपर संचालक समितिको निर्णय हुने मिति।
च) विशेष साधारण सभाको आयोजना हुने मिति।
छ) गाभ्ने र गाभिने सम्बन्धी बीमकहरु बीच अन्तिम सम्झौता सम्पन्न हुने मिति।
ज) कम्पनी रजिष्ट्रार कार्यालयमा गाभिए पछिको कम्पनीको प्रबन्धपत्र तथा नियमावली दर्ता तथा कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गर्ने मिति।
झ) संयुक्त कारोबार सुरु गर्ने मिति।
६. गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने बीमकहरुको संयुक्त मर्जर समिति गठन गर्ने ।
क) उक्त समितिमा गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाका सञ्चालकहरु मध्येबाट कम्तीमा एकजना र बढीमा ३ जनासम्म सदस्य तोक्न सक्नेछ । तर गाभ्ने गाभिनेमा कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाइने छैन।
ख) कुनै विज्ञ व्यक्तिलाई आवश्यकतानुसार राय सुझावको लागि उक्त समितिमा आमन्त्रित गर्न सकिनेछ ।
ग) सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याड्ढन प्रतिवेदन प्राप्त गरेपछि संयुक्त मर्जर समितिले मूल्याड्ढन प्रतिवेदनमा सिफारिश गरिएको शेयर स्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिनेछ ।
तर व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजार मूल्य लगायतका आधारमा संयुक्त मर्जर समितिले मूल्याड्ढनकर्ताले सिफारिश गरेको गाभ्ने गाभिने संस्थाहरुको शेयर स्वाप अनुपात मूल्याड्ढन प्रतिवेदनमा उल्लेखित खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थमा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थ बमोजिम संशोधित शेयर स्वाप अनुपात गणना गर्न सकिनेछ ।
घ) संयुक्त मर्जर समितिले शेयर स्वाप अनुपात सम्बन्धमा निर्णय लिंदा साना लगानीकर्ताहरुको हित (माईनोरीटी इन्टेस्ट) लाई समेत मध्येनजर गर्नु पर्नेछ ।
७. सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याकंन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित मान्यता, आधार, मापदण्ड प्रचलित बजार मुल्यमा गर्नु पर्नेछ । तर सम्पत्ति मूल्याड्ढन गर्दा ख्यातिलाई समावेश गर्न पाइने छैन ।
८. सम्पत्ति, कारोबार तथा मूल्याकंन प्रतिवेदनमा देहायको विषयमा विस्तुत विश्लेषण समावेश हुनुपर्ने ः–
(क) पूँजी पर्याप्तता,
(ख) नेटवर्थ,
(ग) बीमालेख सम्बन्धी विवरण
(घ) बीमा दाबी भुक्तानी व्यवस्था तथा स्थिति
(ङ) प्रचलित कानून तथा नियमनको पालना स्थिति,
(च) तरलता विवरण,
(छ) जनशक्ति व्यवस्थापन,
(ज) सूचना प्रविधि,
(झ) व्यवसायको बजार अंश,
(ञ) शेयर स्वाप अनुपात,
(ट) शेयरको बजारमूल्य,
(ठ) शाखा सञ्जाल
(ड) गाभ्ने गाभिनेमा संलग्न संस्थाको पछिल्लो पाँच आर्थिक वर्षको प्रमुख वित्तीय परिसूचकहरु र गाभिए पछिको पाँच बर्षको प्रक्षेपित वित्तीय कारोबार तथा स्थिति, र
(ढ) माथि उल्लेखित प्रभाव विश्लेषणको आधारमा सुधारका लागि अवलम्बन गर्नु पर्ने उपायहरु ।
९. सम्झौता सम्बन्धी व्यवस्थाः गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने संस्थाहरुले मूल्याकंन प्रतिवेदन प्राप्त भए पश्चात बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ मा दफा ८ मा उल्लेखित विवरण साथ थप देहायका विवरणहरु खुलाएर सम्झौता सम्पन्न गर्नु पर्नेछ ः–
(क) गाभ्ने र गाभिने प्रक्रियामा संलग्न बीमकहरुको नाम, ठेगाना र कार्यक्षेत्र तथा गाभिए पछि रहने बीमकको नाम, ठेगाना र कार्यक्षेत्र,
(ख) गाभिएपछिको पूँजी संरचना, नियन्त्रणमा परिवर्तन, स्वामित्व संरचना तथा गाभिए पछि कायम रहने बीमकको तत्काल गठन हुने सञ्चालक समितिको विवरण तथा व्यवस्थापन संरचना,
(ग) मूल्याकंन प्रतिवेदनमा सिफारिस गरिएको शेयर स्वाप अनुपात र आपसी सहमतिमा तय गरिएको शेयर स्वाप अनुपात तथा सोको आधारहरु,
(घ) बीमकको गुणात्मक सुधार, व्यवसाय प्रवर्द्धन र सुरक्षा, संस्थागत सुशासनको प्रतिबद्धता,
(ङ) प्रचलित कम्पनी तथा धितोपत्र विनियम बजारसंग सम्बन्धित कानून पालनाका लागि पूरा गर्नुपर्ने विषय र स्वीकृति प्रक्रिया
(च) उल्लेख स्वामित्व भएको शेयरधनी तथा अन्य शेयरधनीहरुको विवरण,
(छ) गाभिएपछि एक आपसमा शाखा तथा कार्यालयहरुको मिलान तथा सञ्चालन सम्बन्धी व्यवस्था,
(ज) गाभिएपछि एकीकृत कारोबार शुरु गर्ने मिति सहितको प्रस्तावित कार्ययोजना,
१०. गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न बीमकहरुबीच तय भएको शेयर स्वाप अनुपात बमोजिम सम्बन्धित सबै शेयरधनीहरुको शेयर लगत कायम गरि समितिलाई जानकारी पेश गर्ने।
५. निष्कर्ष तथा सुझाव
नेपालमा बीमा कम्पनीहरुले बजारको आवश्यकता अनुरुप रणनीतिक रुपमा एक भन्दा बढी बीमा कम्पनीहरु आपसमा गाभिएर वा प्राप्ति भएर नयाँ संस्था बन्ने प्रकृयालाई सहजीकरण गर्न कानूनी तथा नीतिगत व्यवस्थाहरु गरिंदै लगिएको छ । यसै अनुरुप संस्थाले रणनीतिक रुपमा बजारमा आफ्नो उपस्थिति सुदृढ गर्न, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न,कारोवारको क्षेत्र विस्तार गर्न वा व्यवसाय विस्तार गर्न आदि उद्देश्यहरुबाट अभिप्रेरित भई गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी कार्यमा जुटेको पाइन्छ भने यसबाट समग्रमा वित्तीय क्षेत्रको स्थायित्वमा समेत टेवा पुग्न जाने देखिन्छ ।
गाभ्नु/गाभिनु तथा प्राप्ति गर्नु अघिका समस्या तथा चुनौतिहरुः
गाभ्ने/गाभिने तथा प्राप्ति कार्यमा संलग्न हुन चाहने बीमा कम्पनीहरुका सञ्चालक÷संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतहरुले आ–आफ्नो हित संरक्षणलाई प्राथमिकतामाराख्ने गरेका कारण त्यस्तो उपयुक्त संस्था रहेमा मात्र सरल र सहज ढंगले गाभ्ने÷गाभिने तथा प्राप्तिको प्रकृया अघि बढ्ने गरेको अन्यथा प्रकृयामा समस्याहरु उत्पन्न हुने गरेको, बीमकको नाम, केन्द्रीय कार्यालयको ठेगाना तथा लोगोको सम्बन्धमा सहमति गर्न, सञ्चालकहरु र अध्यक्षको चयन गर्न, प्रमुख कार्यकारी अधिकृतको निरन्तरता र सेवा सुविधाहरुको निर्धारण गर्न, शेयर स्वाप अनुपात निर्धारणमा सहमति कायम गर्न, जनशक्ति समायोजन गर्न, सफ्टवेयरको व्यवस्था मिलाउन, लामो समयसम्म शेयर कारोबार बन्द हुने हुँदा लगानीकर्ताको हित संरक्षण गर्न कठिन महशु गरिएको छ।
गाभ्ने/गाभिने तथा प्राप्ति पश्चातका समस्या तथा चुनौतिहरुः
गाभिएर वा प्राप्ति भएर एकीकृत कारोवार गरिसकेका बीमा कम्पनीहरुमा पनि फरक संस्थाबाट आएका सञ्चालकहरु बीचमा सामाञ्जस्यता कायम गर्न, फरक संस्था र फरक कार्यशैलीबाट आएका उच्च व्यवस्थापनका कर्मचारीहरु बीचमा आपसि समन्वय कायम गर्न, फरक संस्थाका कर्मचारीहरुलाई विवाद रहित तरिकाले उचित व्यवस्थापन गर्न तथा निरन्तरता दिन, लेखा नीतिमा एकरुपता कायम गर्न, शाखा कार्यालयको व्यवस्थापन गर्न, विमाङकी मुल्याड्ढन गर्न,नाफा नोक्सान हिसाव एकीकृत गरी आयकर निर्धारण गर्न आदि जस्ता कार्यहरु भने चुनैतिपूर्ण नै रहेको छ ।
गाभ्ने गाभिने वा प्राप्ती गर्ने कार्यमा हुने संस्थागत अपेक्षाः
(क) काम प्रतिको उत्साह
गाभ्ने/गाभिने वा प्राप्तिको कारण बीमकको पूँजी वृद्धि हुने, कारोवार क्षेत्र विस्तार हुने, व्यवसायको आकार बढ्न गई व्यवसायको समग्र छवि र वित्तीय अवस्थामा अनुकुल सुधार आउने विश्वासका कारण सेवाको सुनिश्चितता र सुविधा वृद्धि हुन गई काम प्रतिको उत्साहमा भने अनुकुल सुधार हुने अपेक्षा गरिएको हुन्छ ।
(ख) कर्मचारीहरु बीचको आपसी सम्बन्ध फरक प्रकृति, आकार र कार्यक्षेत्र भएका बीमा कम्पनीहरु आपसमा गाभिंदा वा प्राप्ति हुँदा फरक संस्थाका कर्मचारीहरुमा एकले अर्कोलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा फरक पर्न जाने र नयाँ वातावरणमा आपसमा घुलमिल हुन समय लाग्ने गर्दछ । व्यवस्थापकीय दृष्टिकोणबाट फरक वातावरणबाट आएका कर्मचारीहरुलाई आपसी सौहार्दता कायम गरी बीमकको उद्देश्य प्राप्तिमा सरिक गराउनु चुनौतीपूर्ण नै हुने गर्दछ ।
(ग) कार्य वातावरणमा सहजता
गाभ्ने/गाभिने तथा प्राप्ति पश्चात् विभिन्न संस्थामा कार्यरत कर्मचारीहरु एकै छानामुनि फरक व्यवस्थापन अन्तर्गत रहेर फरक वातावरणमा काम गर्न केही असहज हुने र तत्कालै नयाँ वातावरणमा भिज्न केही समय लाग्ने हुन्छ । फरक कार्य वातावरण र फरक संस्थाबाट आएका कर्मचारीहरुलाई नयाँ वातावरणमा सहज ढंगले घुलमिल भएर कार्य गर्ने वातावरण तयार गर्नु व्यवस्थापनको लागि चुनौतीपूर्ण कार्य हुन जान्छ ।
(घ) व्यवस्थापनको भूमिका
फरक संस्थाबाट आएका कर्मचारीहरुलाई नयाँ बीमकको वातावरण बुझ्न र उक्त वातावरणमा अभ्यस्त हुन समय लाग्ने र समान संस्थाका कर्मचारीहरु पहिले देखि नै उक्त वातावरणमा अभ्यस्त भएका कारण कार्यदक्षता पनि सोही अनुसार फरक पर्ने गर्दछ । दक्ष कर्मचारीलाई व्यवस्थापनले सधैं उच्च प्राथमिकतामा राख्ने र सोही अनुसार वृत्ति विकासका अवसरहरु उपलव्ध हुने गर्दा फरक संस्थाबाट आएका कर्मचारीहरुले व्यवस्थापनको भूमिका रहन्छ ।
(ङ) सेवा सुरक्षाको सुनिश्चितता
बीमा कम्पनीहरु एक आपसमा गाभिंदा वा प्राप्ति हुँदा बीमकको वित्तीय स्रोत, प्रतिस्पर्धात्मक क्षमता र व्यवसायको आकारमा समेत विस्तार भई वित्तीय दृष्टिले संस्था सुदृढ र सवल बन्न गई संस्थामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको सुनिश्चितता बढ्न जाने अपेक्षा गरिएको हुन्छ ।
(च) कर्मचारीको कार्यक्षमताको अन्तर
संस्थामा कार्य गर्ने कर्मचारीहरुको कार्य क्षमता बीमकको प्रकृति, कार्य क्षेत्र र व्यवसायको आकारमा निर्भर गर्दछ । फरक प्रकृति, कार्यक्षेत्र र फरक आकारको व्यवसाय गरिरहेका बीमा कम्पनीहरु आपसमा गाभिंदा वा प्राप्ति हुँदा कर्मचारीहरुको कार्यक्षमतामा भएको अन्तरले बीमकको उत्पादकत्वमा पनि प्रभाव पार्ने गर्दछ । फरक फरक संस्थाबाट आएका फरक कार्य क्षमता भएका कर्मचारीहरुलाई उचित जिम्मेवारी दिएर व्यवस्थापन गर्न नसकिएमा कर्मचारीहरुमा असन्तुष्टि चुलिंदै गएर बीमकको उत्पादकत्वमा नै नकारात्मक प्रभाव पर्न जाने भएकोले कर्मचारीहरुको कार्यक्षमता अनुसार व्यवस्थापन गर्नु व्यवस्थापनको लागि चुनौतीपूर्ण हुने गर्दछ ।
उल्लिखित कार्यमा सहजीकरणका लागि तथा देहाय बमोजिमको व्यवस्था गर्न उपयुक्त देखिन्छ ।
– नेपाल बीमा प्राधिकरणलेगाभ्ने/गाभिने तथा प्राप्ति हुने वा भएका बीमा कम्पनीहरुको विशेष निरीक्षण तथा सुपरिवेक्षण तत्काल गर्ने व्यवस्था गर्नुपर्ने ।
– गाभ्ने/गाभिने तथा प्राप्ति गर्नु पूर्व बीमा कम्पनीहरुको सम्पत्ति र दायित्व मूल्यांकनलाई थप पारदर्शी एवम् तथ्यपरक बनाउन आवश्यक परेको अवस्थामा एक संस्थाले अर्को बीमकको विशेष लेखापरीक्षण गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।
– सैद्धान्तिक सहमति प्राप्त गर्नु अघि नै कर्मचारी समायोजनको सहमति गरी निर्णय गर्ने व्यवस्था गर्नुपर्ने ।
– कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डमा गाभ्ने/गाभिने तथा प्राप्तिको सिलसिलामा सम्पादन गरिने कार्यमा प्रक्रियागत सुधारको लागि नेपाल सरकारले सहज वातावरण बनाउनुपर्ने ।
– गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागी हुने सबै बीमा कम्पनीहरुको जनशक्ति व्यवस्थापनको विशेष लेखापरीक्षणबाट तहगत रुपमा आवश्यक भन्दा बढी रहेका कर्मचारीहरुलाई लक्षित गरेर अनिवार्य रुपमा स्वेच्छिक अवकास योजना लागू गर्ने व्यवस्था गर्नुपर्ने ।
– गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न हुने बीमा कम्पनीहरुले गाभ्न/गाभिने तथा प्राप्ति पश्चात् फरक फरक कार्य बातावरणमा काम गरेका कर्मचारीहरुलाई पर्याप्त तालिमको माध्ययमबाट क्षमता अभिवृद्धि र आपसमा घुलमिल हुने वातावरण तयार गर्नुपर्ने ।
– तोकिएको न्यूनतम चुक्ता पूँजी पु–याउने उद्देश्यले मात्र नभई वित्तीय रुपले सबल र सक्षमसंस्था बनाउनका लागि पनि गाभ्ने/गाभिने तथा प्राप्ति प्रकृयालाई निरन्तरता दिनुपर्ने ।
अतः बीमकको पूँजीको आधार विस्तार भई जोखिम वहन गर्न सक्ने क्षमता अभिवृद्धि हुने, सानो पूँजीको आधार भएका धेरै संख्याका बीमा कम्पनीहरुको सट्टामा थोरै संख्यामा सबल र सक्षम बीमा कम्पनी कायम हुन जाने, सञ्चालन खर्चमा कमी आउने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने, संस्थागत सुशासन कायम भई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सेवा प्रदान हुने अपेक्षा एकातिर गरिएको छ भने अर्कोतिर एक आपसमा गाभिएर वा प्राप्ति भएर वित्तीय बजारमा एकाधिकार कायम हुन जाने, गाभ्ने÷गाभिने वा प्राप्तिका कारण एउटा संस्थामा रहेको समस्या अर्को संस्थामा हस्तान्तरण हुन जाने, गाभिएर वा प्राप्ति भएर बजारमा ठूलो हिस्सा ओगट्न पुगेका बीमकको असफलताले समग्र वित्तीय क्षेत्रनै संकटमा पर्न सक्ने अवस्था प्रति सचेत रहन जरुरी हुनेछ । यसै सिलसिलामा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति पश्चात् सञ्चालनमा रहेका बीमा कम्पनीहरुको सञ्चालनको अवस्था, बीमकका ग्राहक, कर्मचारी, लगानीकर्ता तथा सञ्चालकहरुमा गाभ्ने/गाभिने वा प्राप्तिले पारेको प्रभाव र सो सम्बन्धमा रहेका समस्याहरुको वारेमा नियामकिय अध्धयन हुनुपर्ने देखिन्छ ।
नेपालमा वित्तीय उदारीकरणसंगै निजीक्षेत्रको लगानीमा समेत बीमा कम्पनीहरुको स्थापना गर्ने क्रम बढ्न गई संख्यात्मक उपस्थिति तथा विस्तार उल्लेख्य रुपमा हुँदै जाँदा अस्वस्थ प्रतिस्पर्धा एवं संस्थागत सुशासनको अभावमा कतिपय बीमा कम्पनीहरु समस्याग्रस्त हुने, इजाजतपत्र नै खारेज गर्नुपर्ने तथा सम्बद्ध पदाधिकारीहरुलाई समेत कारवाही गर्नुपर्ने अवस्था सिर्जना भएकोले पूँजीगत आधार ठूलो भएका प्रणालीगत आधारमा सक्षम र उपयुक्त संख्याको आवश्यकता महशुस गरी गाभ्ने/गाभिन तथा प्राप्तिको प्रक्रिया मार्फत नेपाल बीमा प्राधिकरणले बीमकको संख्या घटाउन अनुकुल र सहजीकरण गरीदिन नियमनकारी प्रावधान तोकिदिएको पाईन्छ ।
बीमकको शाखा सञ्जाल विस्तार मार्फत दुर्गम स्थानसम्म जीवन तथा निर्जीवन बीमा सेवा पुर्याउनु, कुल व्यवसायको १० प्रतिशत लघुबीमा व्यवसाय कायम गर्न तथा कृषि तथा पशुबिमाको लागि प्रत्येक बीमा कम्पनीलाई जिल्ला तोकिदिन र शाखा विस्तारमा ग्रामिण क्षेत्रमा खोलेको आधारमा मात्र केन्द्र र शहरिक्षेत्रमा शाखा विस्तार गर्ने नीतिगत व्यवस्था रहेको छ । सक्षम बीमा कम्पनीहरुको प्रबर्द्धन गरी ठूला ठूला पूर्वाधार विकासका परियोजनामा समेत पूँजीको श्रोत जुटाउने माध्यम बीमालाई बनाउन लगानीका अवसर र क्षेत्रमा विस्तार गर्नुपर्ने चुनौति रहेको छ । यसको लागि पूँजीको आधार वलियो भएका बीमा कम्पनीहरुको उपस्थिति आवश्यक पर्ने हुँदा गाभ्ने/गाभिने तथा प्राप्तिको माध्यमबाट पूँजी निर्माणमा सहयोग पुग्ने आशा गर्न सकिन्छ ।
वित्तीय प्रणालीको सवलीकरणका लागि गाभ्ने/गाभिने तथा प्राप्तिलाई एक औजारको रुपमा प्रयोग गरिएको र यो व्यवस्थाले वित्तीय प्रणालीमा कस्तो प्रभाव पारेको छ भनी समय–समयमा अध्ययन र अनुसन्धान गरी देखिएका समस्याहरु समाधान गर्न पहलकदमी लिन नियमनकारी निकाय तथा बीमकका एशोसियसनबाट पहलकदमी लिनु पर्ने देखिन्छ ।
बीमा कम्पनीहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्य भर्खर सम्पन्न गरेको वा उक्त कार्यको प्रकृयामा रहेको अवस्थामा गाभ्ने/गाभिने तथा प्राप्तिको समग्र प्रभाव कस्तो रह्यो भनी विश्लेषण गर्नुभन्दा प्राथमिक उद्देश्य के थियो र उक्त उद्देश्य तर्फ उन्मुख छ छैन भनेर मूल्यांकन गर्नु उचित देखिन्छ । विभिन्न अध्ययनहरुको निचोडमा समेत गाभ्ने/गाभिने तथा प्राप्ति पछि सकारात्मक वित्तीय कुशलता देखिन केही समय लाग्दछ भन्ने उल्लेख भएको हुँदा त्यस्तो समय पुरा भै नसकेको अवस्थामा अहिले नै मूल्यांकन गरेर निष्कर्ष निकाल्नु हतार हुनसक्दछ ।
(नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सव विशेषांक २०८१, बीमा समाचार र विचारबाट साभार गरिएको)