इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू
१६ जेष्ठ २०८१, बुधबार १२:१४
काठमाडौं । इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू भएको छ ।
रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना २०७६ साल असोज २० गतेदेखि सञ्चालनमा रहेको छ । यसैबीच २०८० जेठ ३२ गते पूर्वी नेपालमा आएको भीषण बाढीले आयोजनाको विद्युतगृह, बाँधस्थल, गेट र हेडरस पाइपमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको थियो ।
कम्पनीले बाढीले क्षति भएका संरचनाहरूको मर्मत सम्भार गरी जेठ १५ गते दिउँसो साढे १२ बजेदेखि राष्ट्रिय प्रसारण लाईनमा विद्युत आपूर्ति भईरहेको जनाएको छ ।